Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पेटिकोट आन्दोलन गर्ने सावित्री सुवेदी निर्मलाको न्यायको लागि कञ्चनपुर पुगीन्

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सीं | असोज १५, कञ्चनपुर | साउन १० गते बलात्कार पछि हत्या भएकी निर्मला पन्तको आज ७७ दिन बित्दा पनि न्याय नपाएको भन्दै पेटिकोट आन्दोलन गरेर चर्चित भएकी सावित्री सुवेदी निर्मलाको न्यायको लागि कञ्चनपुर आएकी छन् ।

कञ्चनपुर बाटै अपराधीलाई कानुनी दायरामा ल्याएर सजाय दिलाउन आफु आएको बताइन ।

महेन्द्रनगरमा पत्रकार संगको सक्षिप्त कुराकानीमा उनले बलात्कारीलाई फाँसी सजाय हुनु पर्ने माग गरेकी छन् ।

‘‘बलात्कारी जो सुकै होस कडा कानुन बनाएर फाँसी दिनु पर्छ होइन भने हामी गोली खान पनि तयार छौ।’’ उनले भनिन् । हेलन श्रेष्ठ नेतृत्वको दवाव मुलुक संर्घष समितीले अधिकार कर्मी सुवेदीलाई महेन्द्रनगरमा स्वागत गरेको छ ।

अब आफुहरुले पनि सुवेदी सगै आन्दोलन गर्ने दवाव मुलुक संर्घष समितिकी संयोजक श्रेष्ठले बताईन ।