2026-09-13 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

असोज १६, घोराही | सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । 

घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरेको उहाँले बताउनुभयो । सो निर्णय शहरी रोजगार तथा शहरी प्रर्वद्धन शाखाको अनुमोदन गराएर स्वीकृत लिएपछि कार्यान्वयन गर्ने उहाँको भनाइ छ । 

सहकारीले एसइइ परीक्षा उत्तिर्ण गरेकालाई रु २५ हजार, प्रविणता प्रमाण पत्र तह उत्तिर्णलाई रु ५० हजार, स्नातक तह उत्तिर्ण गरेकालाई रु तीन लाख तथा स्नातकोत्तर तह उत्तिर्ण गरेकालाई रु पाँच लाखसम्म कर्जा दिने भएको छ । सो कर्जा दिनका लागि सहकारीले रु ५० लाख बजेट छुट्याइसकेको अध्यक्ष शर्माले बताउनुभयो । 

सहायता कक्ष स्थापना 

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा सहायता कक्षा स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गएिको प्रहरी निरीक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो । सहायता कक्ष जिल्लाका हरेक बसपार्क तथा ट्राफिक पोष्टमा राखिने उहाँले बताउनुभयो । 

हाल घोराहीको बसपाकर्, ट्राफिक चोक र लमहीमा सहायता केन्द्र स्थापना गरिएको छ । सहायता कक्षमा यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने, अभद्र व्यवहार हुनसक्ने भएकाले समस्या समाधानका लागि विभिन्न टेलिफोन नम्बरको समेत व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले