२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पढाइमा समस्या भोग्दै रोल्पाका अपाङ्गता भएका विद्यार्थी

२०७५, १७ आश्विन बुधबार ०५:४०

असोज १७, रोल्पा | अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हँुदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ । 

शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा फरक रहेकाले राज्यले आफूहरुलाई फरक व्यवहार हुनुपर्ने उनीहरुको माग छ । अध्ययन सामग्री नै आफूहरुका लागि फरक चाहिने भए पनि त्यस्ता सामग्री खरिदमा आवश्यक बजेट नदिँदा निकै समस्या भोग्नुपरेको उनीहरुले गुनासो गरेका छन् । एक पटक खरिद गरिएको सामग्रीबाटै लामो समय काम चलाउनुपर्ने बाध्यता छ, बालकल्याण नमूना मावि लिवाङमा अध्ययनरत कक्षा १० का अपाङ्गता विद्यार्थी चित्रबहादुर डाँगीले भन्नुभयो । 

सरकारले अध्ययन र बासका लागि प्रतिविद्यार्थी प्रतिमहिना रु चार हजार र औषधोपचारका लागि थप रु एक हजार २०० उपलब्ध गराउँदै आएको भए पनि सो रकम अपुग भएको डाँगीले बताउनुभयो । सामानको मूल्य आकाशिएको छ, राज्यले उपलब्ध गराउने बजेट भने निकै कम भएको डाँगीको गुनासो छ । 

कक्षा सञ्चालनका लागि आवश्यक अपाङ्गमैत्री भवन, फर्निचर, शैक्षिक सामग्री, पाठ्यपुस्तकलगायत विद्यार्थीहरुको सेवा सुविधामा समेत कमी भएको भन्दै सहयोगका लागि सरोकारवाला निकायसँग आग्रह गरेका छन् । 

अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण, अध्ययन तथा जीविकोपार्जनमा समेत पहल गर्नुपर्ने उनीहरुको माग छ । स्थानीय तहले अपाङ्गता भएका विद्यार्थीलाई विशेष ढङ्गले हेर्नुपर्ने अपाङ्गता भएका विद्यार्थी लोकेन्द्र महराको भनाइ छ । 

अपाङ्गमैत्री कक्षा कोठाको अभावका साथै पाठ्य सामग्री, सहयोगी सामग्री तथा औषधोपचार र खानपानमा समेत समस्या भोग्दै आएका छाँै, महराले बताउनुभयो । 

विशेष कक्षाका लागि सरकारी स्तरबाट संवेदनशीलता नदेखाउने हो भने कक्षा नै बन्द गर्नुपर्ने बाध्यता हुनसक्ने विशेष कक्षा शिक्षक ओम सेनले बताउनुभयो । उनीहरुका लागि आवश्यक सुविधा र स्रोत साधनको अभाव छ सेनले भन्नुभयो । 

रोल्पामा विसं २०६० देखि दृष्टिबिहीन, सुस्तश्रवण तथा बहिराका लागि विशेष कक्षा सञ्चालन हँुदै आएको छ । जिल्ला सदरमुकाममा रहेका बालकल्याण नमूना मावि लिवाङ र कृष्ण आधारभूत विद्यालय धारापानीले सो कक्षा सञ्चालन गर्दै आएका छन् । हाल सुस्त मनस्थिति पाँच, दृष्टिबिहीन १३ र सुस्तश्रवण १३ गरी ३१ विद्यार्थीले अध्यापन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा