2026-06-17 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्र हस्ताक्षर काठमाडौंमै हुने

2018-10-03

असोज १७, काठमाडौँ । कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्रमा हस्ताक्षर अब काठमाडौंमै हुने भएको छ ।

कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो । रोजगारदातासँगको सक्कली करारपत्र काठमाडौंमा उपलब्ध तयारी भइरहेको हो ।

कतारले आँउदो नोभेम्बरदेखि नै काठमाडौंमा भिसा सेन्टर खोल्दैछ । यसका लागि दैनिक ३ सय कामदारलाई सेवा दिन मिल्ने गरी महाराजगञ्जमा घरसमेत लिइसकेको कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले जानकारी दिए | उनले भने ‘यो सेन्टरले आफ्नो काम शुरु गरेपछि नेपाली कामदारको करारपत्र परिवर्तन हुँदैन ।’ संयन्त्र स्थापनाले सरकारले ६ बर्षअघि लागु गरेको न्युनतम तलव रोजगारदाता कम्पनी कार्यान्वयन गर्न बाध्यकारी हुनेछन् । सन् २०१३ मा नेपाल सरकारले तोकेको १२ सय रियाल दिन सबै रोजगारदातालाई बाध्यकारी थिएन ।

योसंगै नेपालमा कामदारसँग एउटा करारपत्रमा हस्ताक्षर गर्ने तर कतार पुगेपछि अर्को थमाउने प्रवृत्ति अन्त्य हुने पनि कोइरालाले बताए । अब कामदारले जति तलब, सेवासुबिधा र काम पाउने सर्तमा हस्ताक्षर हुन्छ त्यति नै रोजगारदाताले दिनुपर्ने बाध्यकारी अबस्था आउनेछ ।

यदि नदिएमा कामदारले रोजगारदातामाथि कानुनी कारबाहीका लागि श्रम बिभागमा उजुरी गर्न सक्नेछन् । भिसा सेन्टरभित्र स्वास्थ्य परीक्षण र बायोमेट्रिक प्रणालीको फिंगरप्रिन्ट समेत काठमाडौंमै हुनेछ । ‘सक्कली करारपत्रमा हस्ताक्षर र सबै परीक्षण भएपछि कामदार काठमाडौंबाटै आवासीय कार्ड लिएर कतार उड्नेछन्, अहिलेजस्तो आवासीय भिसा लिएर होइन,’ राजदूत कोइरालाले भने ।

सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा कतारको स्वास्थ्य आयोगका निर्देशक इव्राहिम अल सहारले कामदारलाई बाधा पुर्‍याउने एचआईभी/एड्स, हेपाटाइटिस र केही जीर्ण रोगको परीक्षण हुने बताए ।\

‘स्वास्थ्य परीक्षणमा उत्तिर्ण भएकाहरु मात्रै कतार आउन पाउनेछन्,’ उनले भने । सबै परीक्षणको खर्च कामदारले बेहोर्नु नपर्ने राजदूत कोइरालाले बताए । हाल भने यो प्रक्रियाका लागि रोजगारदाताले शुल्क ब्यहोर्दै आएका छन् । स्वास्थ्य परीक्षण, फिंगरप्रिन्ट र आइडीका लागि रोजगारदाताले १४ सय रियाल (४२ हजार रुपैयाँ) कतार सरकारलाई बुझाउँदै आएका छन् ।

कतारले धेरै कामदार ल्याउने नेपाल, भारत, पाकिस्तान, बंगालदेश, श्रीलंका, ट्युनीसिया तथा फिलिपिन्समा यही संयन्त्र स्थापना गर्न लागेको हो । श्रीलंकामा भने १२ अक्टोवरबाट लागु हुदैछ । ‘यो कामदारको हित र सुरक्षाका लागि भएको हुदाँ नेपालको पुर्व, मध्य र पश्चिम गरी तीन ठाँउमा स्थापना गर्नका लागि पहल गरिरहेको छु,’ उनले भने, ‘तत्काल भने काठमाडौंमा मात्रै स्थापना हुनेछ ।’

श्रम मन्त्रालयका अधिकारीले भने कामदारसँग कुनै पनि शुल्क नलिने गरी कतारले सम्झौता गरेपछि मात्र यो सेन्टर संचालन अनुमति दिने बताए । ‘हामीसँग मौखिक रुपमा धेरैपटक छलफल भएको छ, लिखित नै हुनुपर्छ भन्ने हाम्रो अडान हो,’ ती अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ