२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर ५६ जना जनप्रतिनिधिको पद रिक्त, कहाँ-कहाँ हुन्छ पुनः निर्वाचन ?

२०७५, १७ आश्विन बुधबार ०८:४९

असोज १७, काठमाडौं । देशभरका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले हालसम्म ११ जिल्लाका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधि रिक्त रहेको  राज्य व्यवस्था समितिको बैठकमा जानकारी गराएको हो । 

रिक्त पद मध्ये एकजना मेयर, ९ जना वडाध्यक्ष, एकजना कार्यपालिका सदस्य र बाँकी अन्य पद रिक्त रहेको आयोगले जानकारी दिएको छ । रिक्त पद मध्ये सुनसरीको धरान उपमहानगरपालिकामा मेयर तारा सुब्बाको मृत्यु भएपछि उक्त पद रिक्त भएको थियो । 

कहाँ-कहाँ हुन्छ पुन: निर्वाचन ? 

स्थानीय तह प्रमुख, उपप्रमुख र वडाध्यक्षको मृत्यु भएमा वा कुनै कारणले रिक्त भएमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । अन्य वडा सदस्यहरूको बारेमा भने निर्वाचन हुने उल्लेख छैन । प्रावधान अनुसार अब जनप्रतिनिधि रिक्त भएका स्थानहरुमा पुन: निर्वाचन हुनेछ । 

आयोगको तथ्यांक अनुसार धरान उपमहानगरपालिकामा मेयर पदमा पुन: निर्वाचन हुनेछ । त्यस्तै धरान उपमहानगरपालिकाकै वडा नं. ७, सिरहाको कल्याणपुर नगरपालिका १२, महोत्तरीको बलवा नगरपालका २ र रामेछापको उमाकुण्ड गाउँपालिका ५ का वडाध्यक्षको मृत्यु भएकाले त्यहाँ पनि पुन: निर्वाचन गर्नुपर्छ । त्यस्तै पाँचथर र नवलपारसीको सुस्ता पूर्वमा पनि एक/एकजना वडाध्यक्षको मृत्यु भएपछि पद रिक्त रहेको अवस्थामा पुन: निर्वाचन हुनेछ ।

त्यस्तै महोत्तरीको मटिहानी नगरपालिका ६ का वडाध्यक्षले राजीनामा दिएको र नुवाकोटको एक गाउँपालिकाका वडाध्यक्ष जेल परेको कारण त्यहाँ पनि पुन: निर्वाचन हुनेछ । त्यस्तै सोलुखुम्बुको सोलु दूध कुण्डको ११ नम्बर वडामा निर्वाचन नै नभएकोले सबै पद रिक्त रहेको अवस्थामा त्यहाँ पनि निर्वाचन गराउन सक्नेछ ।

कहिले हुन्छ पुन: निर्वाचन ?

रिक्त रहेका स्थानहरुमा पुन: निर्वाचन गर्ने प्रावधान अनुसार सरकारले मिति तोकेर निर्वाचनको मिति घोषणा गर्नुपर्छ । त्यस बमोजिम निर्वाचन आयोगले क्यालेन्डरनै बनाएर रिक्त रहेका स्थानहरुमा पुन: निर्वाचन गराउँछ । यस बिषयमा साझा सबाललाई जानकारी गराउदै निर्वाचन आयोगका प्रवक्ता दीपक सुवेदीले निर्वाचन आयोग रिक्त रहेका स्थानहरुमा निर्वाचन गराउन पूर्ण रुपमा तयारी अवस्थामा रहेको भन्दै सरकारले मिति तोक्ने दिनको पर्खाईमा रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो