२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको घोराहीमा अतिक्रमण गरि बनाइएको टहरा भत्काइयो

२०७५, १८ आश्विन बिहीबार ०८:११

असोज १८, घोराही | आफूहरुलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाएका ५० टहरा आज वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १४का वडाध्यक्षले भत्काएका छन् । 

घोराहीको सेवार खोलाको वारी १३ नम्बर वडाको जग्गा र १४ नम्बरमा रहेको बहुउद्देश्यीय पशुपति महिला सामुदायिक वन समूहको जग्गामा केही व्यक्तिले जबर्जस्ती केही दिनदेखि टहरा बनाउन शुरु गरेका थिए । पटक पटक वनको जग्गा अतिक्रमण गरेपछि आफूहरुले बाध्य भएर वन कार्यालयमा उजूरी हाल्नुपरेको महिला वन समूहका सचिव कृष्णा रानाले बताउनुभयो । वन र खोला पारिको खाली जग्गा अतिक्रमण गरी टहरा बनाउँदै र बेच्दै गरेको थाहा पाएपछि सबै टहरा एकै पटक भत्काइएको उहाँले बताउनुभयो । 

बुधबार अपराह्नदेखि सेवार खोलाका छेउमा रहेको सामुदायिक वनको जग्गाका करीब ५० परिवारले एकै पटक टहरा निर्माणको काम थालेका थिए । सामुदायिक वनका पदाधिकारीले भत्काउनभ आग्रह गर्दा नमानेपछि वन कार्यालयका सुरक्षाकर्मीले उक्त टहरा भत्काएका थिए । वनको जग्गा अतिक्रमणमा परेको थाहा पाएपछि आफूहरु तुरुन्त कारवाहीमा उत्रिएको वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँले कुनै पनि हालतमा आफूहरुले वनको जग्गा अतिक्रमणमा पर्न नदिने बताउनुभयो । 

टहरा बनाउँदै गरेका स्थानीयवासी भने आक्रोशित भएका छन् । उनीहरुले आफूहरुको बास नभएकाले जति भत्काए पनि फेरि बनाउने भन्दै वनका कर्मचारीसँग झगडा गरेका थिए । पछि वडा कार्यालयबाट प्रहरी पुगेपछि भने उनीहरु शान्त देखिएका थिए । त्यहाँका केही व्यक्तिसँग बुझ्दा वनको जग्गा अतिक्रमण गर्नेहरु प्रायःको आफ्नै घर छ भने केही डेरामा बस्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै