२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको सवारीका लागि यी बाटो खाली गरिँदै

२०७५, १८ आश्विन बिहीबार १०:३८

असोज १८, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई केहीबेरमा काठमाडौं आइपुग्दै छन् ।

प्रधानमन्त्री ओलीको सवारीका लागि काठमाडौंका केही बाटाहरु दुईतर्फी रुपमै बन्द गरिन लागेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले दिउँसो ४ बजेदेखि १५–२० मिनेटका लागि प्रधानमन्त्रीको सवारीका क्रममा पर्ने रुटहरु प्रभावित हुनेछ ।

महाशाखाले एक सूचना सार्वजनिक गर्दै विशेष कारणवश अबको केही समयमा एयरपोर्टगेट, तिलगंगा, गौशाला चोक, रातोपुल, ज्ञानेश्वर, लोत्सेचोक, नक्साल भगवती, छातेगणेश, भाटभटेनी, बालुवाटार आसपास भएर चल्ने सवारी साधनहरुको आवागमन दुइतर्फी रुपमा प्रभावित हुने जनाएको छ । साथै त्यस समयमा वैकल्पिक मार्ग सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।

प्रधानमन्त्री ओली पौने चार बजे त्रिभुवन विमानस्थल आइपुग्ने पुग्ने उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु