पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १८, दमौली | </b>तनहुँमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ | बालकको मृत्यु भएपछि स्थानीयले तनहुँको भानु- २ स्थित डुम्रे बेसिसहर सडक अवरुद्ध पारेका छन् । नारायणगढबाट बेसिसहर जाँदै गरेको बा ३ ख ४५३४ नम्बरको यात्रुबाहक बसले भानु-२ बाह्रबिसेमा साइकल चलाइरहेका १० वर्षीय निरकुमार पोख्रेललाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो।<br></p><p>बिहीबार दिउँसो करिब २ बजे भएको घटनामा संलग्नमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन्। </p><p>उनीहरुले सडकमै बालकको शव राखेर सडक अवरोध पारेका छन्। </p>

