2026-07-07 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्यारा अहिल्यै पत्ता लाग्छ, एसपी विष्ट र बम दिदीबहिनीलाई कोर्रा हान्नुस्: पूर्वमन्त्रि

2018-10-06

असोज २०, काठमाडौं । नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्या पत्ता लगाइदिने बताएकी छिन ।

आज राजधानीमा आयोजित ‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तरगत भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री धमलाले सो कुरा बताएकी हुन् | उनले अपराधीलाई संरक्षण गर्न सरकारले जनमतको दुरुपयोग गरेको आरोप समेत लगाइन् । पन्तको हत्यारा पत्ता लगाउन थुप्रै प्रमाण रहेको भन्दै उनले भनिन्, ‘सकेन भन्छ सरकार । लाज लाग्दैन कुर्सीमा बस्न ?’


पूँजीवादका कारण बलात्कार तथा महिला हिंसा बढेको भन्ने गृहमन्त्रीको अभिव्यक्ति आसेपासे पुँजीवादमा रमाएकाहरुको निकृष्ट अभिव्यक्ति भएको उनले बताइन् ।

उनले महिला सांसदहरुको राजीनामा मागिन् । ३३ प्रतिशत खाने तर, आफ्नै छोरी चेलीको बलात्कार तथा हत्या हुँदा चुइँक्क नबालेको भन्दै उनले भनिन्, ‘कुन नैतिकताका आधारमा संसदमा बसिरहनु भएको छ । राजीनामा दिनुस् ।’

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले निर्मला पन्तको हत्यारा पत्ता लगाउने जिम्मा आफूलाई दिन सरकारलाई चुनौती समते दिएकी छन् । ‘निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मा मलाई दिनुस्, म पत्ता लगाइदिन्छु हत्यारा’ उनले भनिन्, ‘एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई कोर्रा हान्नुस्, अहिले पत्ता लाग्छ हत्यारा ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने