२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो: प्रधानमन्त्री ओली

२०७५, २१ आश्विन आईतवार १४:२७

असोज २१, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्यमा पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको विश्वास पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशका जनताले बहुमतसहित स्थिर सरकार बनाउन जनमत दिएकाले विश्वासघात नगर्ने प्रण गर्नुभयो । 

“समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो परिणाम निकाल्नुपर्छ”, उहाँले थप्नुभयो, “लडाईं र लडाईंको अन्त्य पनि हामीले गरेको हो, समाज परिवर्तन पनि गरेकै हो, अब विकास पनि हामी नै गर्छौं ।” शान्ति प्रक्रिया सकिएर नयाँ युगमा नेपाल प्रवेश गरिसकेकाले कुनै शङ्का नगर्न विपक्षी दललाई आग्रह गर्नुभयो । 


उहाँले लामो अभ्यासपछि आएको गणतन्त्र के होला भनेर नआत्तिन आग्रह गर्नुभयो । पछिल्ला सात महीनामा सरकारले महत्वपूर्ण काम गरेको जिकिर गर्नुहँदै प्रधानमन्त्री ओलीले नयाँ अभ्यास भएकाले कतिपय अवस्थामा समस्या आएको बताउनुभयो । आएका चुनौतीलाई समाधान गर्दै जाने भनाइ उहाँको थियो । 

लोकतन्त्र आउँदैमा सबै चिज पूरा नहुने भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई ठीक ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । बलिदानबाट ल्याएको लोकतन्त्रलाई जनताप्रति इमान्दार भएर प्रयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “शक्तिसँग टेर्दिन, सत्यसँग लड्दिन ।” 

पछिल्लो सात महीनाको बीचमा मौलिक हक कार्यान्वयनका कानून निर्माण भएको, विभिन्न संशोधनका काम भएका छन् र सातै प्रदेशमा नयाँ कार्यालय स्थापना गर्नुपर्ने काम भएका छन्, भन्दै उहाँले असहज अवस्थाबाट अहिले अर्थतन्त्र तङ्ग्रिन थालेको बताउनुभयो । 

अहिले देश सङ्लिएर राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल र सुखि नेपाली’लाई मूर्तता दिन अघि बढेको दाबी उहाँको छ । कसैले मानवताविरुद्धको अपराध गर्छ भने दोषीलाई उन्मुक्ति नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसप्रति कसैले खेल्न कोशिश नगरे हुन्छ ।” 

सुशासन सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबैले सुन्नेगरी भन्दछु, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न ।” 

उहाँले ‘अवतरण’ पुस्तकको केन्द्रीय विषय हिजोको माओवादी आन्दोलन, त्यसको अवतरण, हिजोको एमाले र माओवादी केन्द्रपछिको एकता र नेकपाको गन्तव्यमा केन्द्रित रहेकाले यसले केही खतरा र केही सम्भावना देखाएको उल्लेख गर्नुभयो । 

सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रियाका विषय आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक नलेखेसम्म पूर्णरुपमा नबुझिने बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी आन्दोलनदेखि शान्ति प्रक्रिया र पार्टी एकताका विषयमा केपी जीले र मैले एउटा पुस्तक नलेखेसम्म पूर्ण हुँदैन ।” 


हिजोको विचार सङ्घर्ष, राजनीति सङ्घर्ष र पार्टी एकताको विषय पुस्तकले सुन्दर ढङ्गले समेटेको भन्दै दाहालले ठूलो अंश माओवादी र सङ्घर्षसँग सम्बन्धित रहेको टिप्पणी गर्नुभयो । 

अध्यक्ष दाहालले स्व गिरिजाप्रसाद कोइलालाको आँटले शान्ति प्रक्रिया अगाडि बढेको स्मरण गर्नुभयो । आफूले शान्ति प्रक्रियाका बेला र त्यसअघि केही त्रुटि गरेको स्वीकार गर्दै दाहालले भन्नुभयो, “गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो ।” 

उहाँले कम्युनिष्टसँगको एकता र शान्ति प्रक्रियाका बेला क्यान्टोनमेन्टमा सेना पठाउने निर्णय ठीक समयको ठीक निर्णय हो भन्नुभयो । सङ्घर्षका बेला शान्ति प्रक्रियामा नगई सम्भव छैन भनेर पर्खिरहँदा दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको कर्मले मौका दिएको उहाँले स्मरण गर्नुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले शान्ति प्रक्रियाको केही भाग टुङ्ग्याउन अझै बाँकी रहेको उल्लेख गर्नुभयो । अहिले हामी कतै चुकिरहेका त छैनौँ भन्ने आभाष भइरहेको भन्दै कोइरालाले दुई तिहाइको सरकारलेसमेत सुशासन दिन नसकेको जिकिर गर्नुभयो । 


उहाँले कर्मचारीलेभन्दा पहिले मन्त्री र राजनीतिकर्मीले भ्रष्टाचार गर्दिन भनेर शपथ खान आग्रह गर्नुभयो । टिप्पणीकार प्राध्यापक कृष्ण खनाल र परराष्ट्रविद् रमेशनाथ पाण्डेले ‘अवतरण’ पुस्तकले सार्वजनिक नभएका धेरै कुरा समेटेको भन्दै द्वन्द्व, रुपान्तरण र एकतालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नुभयो । http://sajhasawal.com.np/http://sajhasawal.com.np/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने