2026-07-07 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसंघबाट कुन्दन आउट ! ६ जना पदाधिकारी मात्र सुरक्षित

असोज २२, काठमाडौँ | नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएपछि पाका विद्यार्थी नेताहरु आउट भएका छन् । यसैको मेसोमा नेविसंघको नेतृत्वको प्रमुख दावेदारका रुपमा कुन्दनराज काफ्ले पनि आउट भएका छन् । नेविसंघको वर्तमान अध्यक्ष महर समेत ४० कटिसकेका छन् ।

नेविसंघको नेतृत्वको प्रमुख दावेदारका रुपमा कुन्दनराज काफ्ले अहिलेका महामन्त्री हुन् । उनी कृष्ण सिटौलासँग निकट भएकाले नेविसंघ नेतृत्वको चुनावमा उनले जित्ने निश्चित जस्तै थियो । तर, ३२ वर्षे उमेर हद लागू भएपछि कुन्दन नेविसंघको नेतृत्व दौडबाट स्वत: बाहिरिएका छन् । त्यसैले पनि ३२ वर्षे उमेर हदमा सिटौला समूहले चर्को विरोध गरेको छ । 

यो पटक देउवा समूहले प्रेमराज जोशीलाई नेविसंघको अध्यक्ष बनाउन चाहेको छ । सहमहामन्त्री प्रकाशशरण महत निकट रहेका उनलाई ३२ वर्ष उमेर हदले रोक्दैन । ३२ वर्ष उमेर हदको कारण अबको नेतृत्व प्रेमराज जोशीले सम्हाल्ने सम्भावना छ ।

नेविसंघको पदाधिकारीमा उपाध्यक्षहरु पवन यादव र सागर परियार, सहमहामन्त्रीहरु प्रेमराज जोशी, प्रकाश घिमिरे र अम्बिका चलाउने तथा कोषाध्यक्ष शिव रिमाल गरि ६ जनालाई मात्र ३२ वर्ष उमेर हदले समस्या पार्दैन । 

आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको थियो । तर, यो निर्णयमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलगायत ७ नेताले नोटअफ डिसेन्ट लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने