२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा लाखौँको घरेलु मदिरा बरामद

२२ आश्विन २०७५, सोमबार ०५:४०

असोज २२, बझाङ | बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँमा अवैध घरेलु मदिरा छापा मारी नष्ट गरेको हो । 

जिल्लास्थित चैनपुरको भोटेटोल, भोपुर र मष्टाको पुरीगाउँलगायतका स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ । सदरमुकाम चैनपुरको भोटेटोलबाट मात्रै एक हजार लिटर मदिरा बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो । 

चैनपुर आसपासबाट बरामद गरिएको मदिरा चैनपुरको रिङरोडबाट सेती किनारमा नष्ट गरिएको छ । 

चाडपर्व नजिकिएसँगै बझाङका सबै ठाउँमा जुवा खेल्ने, खेलाउने, मदिरा बिक्री वितरण गर्ने गिरोह सक्रिय हुने गरेका छन् । चैनपुरलगायतका ठूला बजारमा जथाभावी बोल्ने मान्छेको लहर बढेको र जताततैबाट प्रहरीको मिलोमतोमा जुवातास खेलाइएका गुनासो आउन थालेपछि थप कडाइ गरिएको नायव उपरीक्षक धितालले बताउनुभयो । 

केही दिन अघि जिल्लासभाले जिल्लामा पूर्ण रूपमा मदिरा बन्द गराउने निर्णय गरेको थियो । तर, त्यसको विरोधमा उद्योग वाणिज्य सङ्घ बझाङले उच्च अदालत दिपायलमा मुद्दा हालेपछि अदालतले अर्काे आदेश जारी नभएसम्मका लागि मदिरालाई बन्द नभई नियन्त्रण गर्न आदेश दिएपछि जिल्लामा छापा मार्दै मदिरा नियन्त्रण गर्न लागिएको छ । मदिराका कारण बझाङ जिल्लामा वर्षेनी कम्तीमा १५ देखि २० ले ज्यान गुमाउने गरेका छन् भने अर्कातिर घरेलु हिंसासमेत बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै