Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रेल चल्ने कुराले उत्साह बढायो महोत्तरीका सर्वसाधारणलाई

By kit 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

गोपाल बराल | असोज २३, बर्दिवास | आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट आफ्नै छिमेकको कुर्थासम्म मङ्सिरभित्रै रेल सञ्चालनमा आउने कुराले उत्साहित भएका हुन् ।

भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दुरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दुरीमा आउने मङ्सिरभित्रै रेल सञ्चालन भइसक्ने तयारी छ । मिथिला क्षेत्रको सांस्कृतिक उत्सव विवाह पञ्चमीको अवसर पारेर मङ्सिर अन्तिम सातामा बर्दिवास–जयनगर रेल सेवामध्ये पहिलो चरणको कुर्थादेखि जयनगरसम्म रेल सेवा सञ्चालनमा ल्याइने रेल विभागले बताएसँगै यस क्षेत्रमा उत्साह छाएको हो । यस खण्डमा रेल सञ्चालनको परीक्षण यसै साता भइसकेको छ ।

धनुषाको कुर्था महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैयातपनपुर, खुट्टापिराढी, लेउरी मुसहरी र जिल्लाकै पिपरा गाउँपालिकाको रतौली र रतनपुरसँगै जोडिएको बस्ती हो ।

त्यसैगरी भङ्गाहा नगरपालिकाका हरिनमरी, धर्मपुर, पडरिया, सिंग्याही र कबिलाशा र बलवा नगरपालिकाका भलनी, लेउरी, बञ्चौरी, पडौल, अधियानपुर र धमौरा कुर्थाबाट नजिकका बस्ती भएकाले पहिलो चरणमा रेल सञ्चालन हुने कुराले यहाँ उत्साह छाएको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह बताउनुहुन्छ ।

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुनासाथै महोत्तरीको लोहारपट्टी, भङ्गाहा र बलवा नगरपालिका र पिपरा गाउँपालिकाका कृषि उपज सोझै भारतीय बजारमा पुर्याउन सकिने यहाँका किसानले आस सङ्गालेका छन् ।

“हामीकहाँ मौसमी र बेमौसमी तरकारीको फसल लगाइन्छ, हामी राम्रो बजार नपाएर हैरान भएका छौँ” लोहारपट्टी–७ पिपराढीका किसान राजे यादवले भन्नुभयो, “रेल सेवा शुरु भएपछि हाम्रो तरकारी सोझै जनकपुर र जयनगर पुर्याउन सकिने छ, हाम्रो दुग्ध उत्पादनले पनि बजार पाउनेछ ।”

रेल सञ्चालन हुनासाथै आफ्नो नगरपालिकाका सबैजसो बस्तीका बासिन्दाको भारतीय बजार जयनगरसँग सिधा सम्पर्क हुने लोहारपट्टीका प्रमुख शैलेन्द्र यादवको भनाइ छ । ‘‘हाम्रो नगरका त सबैजसो बस्ती कुर्था वरिपरि नै छन्’’ प्रमुख यादवले भन्नुभयो– ‘‘भङ्गाहा र बलवा नगरपालिकाका समेत आठ÷दश बस्ती नजिकै छन्, तत्काल कुर्थासम्म रेल सेवा चाँडै सञ्चालन हुने कुरा छ, त्यसैले यहाँ यो कुराले खुशी छाएको हो ।“

बर्दिवास–जयनगर रेल विस्तार योजनामध्ये धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको पहिलो चरणको ३४ किलोमिटर दुरीमा आउने मङ्सिरभित्रै रेल सेवा सञ्चालन गरिने तयारी छ । विवाह पञ्चमी पर्वको अवसर पारेर शुरु गरिने यो सेवाको भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नै उद्घाटन गर्ने गरी आवश्यक समन्वय भइरहेको रेल विभागले जनाएको छ ।

बर्दिवास–जयनगरसम्मको ६९ किमी दुरीमा तीन चरणमा काम भइरहेको रेल विभागले जनाएको छ । पहिलो जयनगरबाट कुर्था, दोस्रो कुर्थाबाट महोत्तरीको भङ्गाहा (विजलपुरा स्टेसन) र तेस्रो भङ्गाहाबाट बर्दिवास रहेको छ । पहिलो चरणमा रेल सञ्चालनको सबै तयारी पूरा भएकाले अब दोस्रो चरणमा कुर्थादेखि भङ्गाहासम्मको १७ किलोमिटर दुरीमा लिक ओछ्याइने र एक वर्षभित्रै सेवा सञ्चालन हुने गरी काम हुने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो ।

“सन् २०१९ भित्रै कुर्थादेखि भङ्गाहा (विजलपूरा स्टेसन)सम्म रेल सञ्चालन भइसक्छ” प्रवक्ता उपाध्यायले सञ्चारकर्मीसँग भन्नुभयो, “त्यसैगरी भङहादेखि बर्दिवाससम्मको १८ किलोमिटर दुरीमा सन् २०२० भित्र रेल सञ्चालन हुनेगरी काम हुनेछ ।”

पहिलो चरणअन्तर्गत कुर्थाबाट जयनगरसम्म ३४ किलोमिटरमा रेल सञ्चालनमा आएपछि कुर्थादेखि भङ्गाहा (विजलपुरा स्टेसन) सम्मको लिक ओछ््याउने कामले गति लिने विभागले जनाएको छ । विभागले दोस्रो चरणमा सन् २०१९ को मार्चसम्म कुर्थादेखि महोत्तरीको भङ्गाहासम्म र सन् २०२० भित्र तेस्रोचरणमा भङ्गाहाबाट बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणको काम सम्पन्न हुने लक्ष्य राखेको छ ।

दोश्रोचरणअन्तर्गतको कुर्थादेखि भङ्गाहासम्मको खण्डमा माटो सम्याउने, ग्राबेल ओछ्याउने र पुलपुलेसा निर्माणको काम अन्तिमचरणमा छ । अब यस खण्डमा चाँडै लिक ओछ््याउने काम शुरु हुने प्रवक्ता उपाध्यायले बताउनुभयो ।

यता तेस्रोचरणमा काम सम्पन्न गरिने भनिएको भङ्गाहाको विजलपूरा (स्टेसन रहने ठाउँ) बाट बर्दिवासम्मको १८ किमी दुरीभित्र काम अघि बढ्न अझै अन्योल नै छ । यो दुरीभित्र जग्गाको मुआब्जा वितरणसम्म पनि नभएकाले काम निर्धारित समयमै सम्पन्न हुने कुरामा सर्वसाधारण ढुक्क हुन सकेका छैनन् ।

खासगरी बर्दिवास नपाको १, २ र १४ नं वार्डमा मुआब्जा विवाद कायमै रहेकाले काम अघि बढ्न नसकको विभाग स्रोतले जनाएको छ । यो विवाद चाँडै नटुङ्गिए समयमै कामसक्न अप्ठ्यारो हुने विभागका प्राविधिकले पनि स्वीकार गरेका छन् ।

भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । विसं १९९४ शुरु भएको विजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर(धनुषा)–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले विग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो ।