२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

छब्बीस वर्षदेखि ओछ्यानमै

२०७५, २४ आश्विन बुधबार ०३:०१

असोज २४, कञ्चनपुर (रासस) | जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो । खुबै खेल्ने गर्दथ्यो । हाँस्थ्यो । हात समातेर आँगनमा हिँड्न खोज्थ्यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भन्नुभयो, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान पर्यो ।” 

आठ दशक काट्नै लागेका भक्तबहादुरले २६ वर्षीय छोरा मनोज सुनारबारे दुःखेसो पोख्दै भन्नुभयो, “उपचार गराउन धेरै ठाउँ पुगे पनि रोग नै ठम्याउन सकिएको छैन ।” छोराको उपचारका लागि उहाँले वैद्यदेखि चिकित्सकसम्म देखाएका छन् । 

छिमेकीले वैद्य लगाएपछि रोग निको हुन्छ भनेपछि उहाँले छ महीना वैद्यद्वारा झारफुकसमेत गरे पनि रोग निको भएको छैन । शरीरको तल्लो भाग पुरै सुक्दै गएको छ, उहाँले भन्नुभयो, “हिँडडुल त परको कुरा बस्नसमेत नसक्ने भएको छ । सानै छँदा ओछ्यान परेपछि बोल्नसमेत सक्दैन ।” 

आर्थिक अवस्थाले भ्याएसम्म उहाँले काठमाडौँदेखि भारतको नयाँदिल्लीसम्म छोरालाई बोकेर चिकित्सकलाई देखाए पनि रोग निको भएन । दुई दशक काटेको छोरालाई शरीर नुहाउनेदेखि दिसापिसाबसमेत भक्तबहादुरले आफै सफा गर्नुपरेको छ । 

चार छोरा र चार छोरीका बुवा भक्तबहादुरका मनोज सबैभन्दा कान्छा छोरा हुन् । 

छोराबुहारीले अहिले मनोजलाई ओछ्यानमा सुताउने, खाना खुवाउनेलगायतका काममा सहयोग पुर्याउँदै आएका छन् । 

कसैले पोलियो लागेको भन्छन् त कसैले प्यारालाइसिस भयो भन्छन् । रोग के लागेको हो यकिन छैन, रोग ठम्याउन नसक्दा उपचारसमेत हुन नपाएको उहाँले दुःखेसो पोख्नुभयो । 

उहाँ भन्नुहुन्छ, “उपचार खर्च पाए राम्रो अस्पतालमा जचाउन पाए रोग निको पो हुथ्यो कि । मनमा उपचार गराउन नपाउँदाको चिसो पसेको छ । त्यसलाई मेटाउन सकिएको छैन ।” 

“२६ वर्षदेखि ओछ्यानमै सुतेकै सुतेको छ । हामीजस्तै हिँडेको, कुरा गरेको देख्ने मन छ । कुन दैवले ठिक गरिदेला । अझै हिँड्छ, बोल्छ भन्ने आशा जीवितै छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना