२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जनमुखी प्रशासनको आवश्यकता: सभामुख महरा

२०७५, २५ आश्विन बिहीबार ११:४६

असोज २५, दाङ | सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताउनुभएको छ । 

प्रहरी दिवसको अवसरमा आज प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले नेपाल प्रहरीले जनताका यावत समस्यालाई एकिकृत गरी जनभावना अनुरुप काम गर्नुपर्नेमा जोड दिँदै प्रहरीलाई निर्भिक र निडर भएर काम गर्न आग्रह गर्नुभयो । 

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले अमर प्रहरीको परिवारलाई प्रदेश सरकारले प्याकेजमा सहयोग गर्ने बताउनुभयो । द्धन्द्धमा मारिएका परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि प्रदेश सरकारले नीति ल्याउने बताउनुभयो । 

सो अवसरमा अमर प्रहरी परिवारका तर्फबाट निर्मला थापाले अमर प्रहरीलाई शहीद घोषणा गर्न माग गनुभयो । सरकारकै काममा खटिँदा सहादत प्राप्त गरेकालाई सरकारले शहीद घोषणा नगर्दा पीडित परिवारलाई थप पीडा थपिएको उहाँको भनाइ थियो । सो अवसरमा ५ नम्बर प्रदेशभित्र रहेका विभिन्न जिल्लाका उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा अमर प्रहरी परिवारलाई सभामुख महराले सम्मान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै