2026-09-14 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

मलेरिया रोकथामको औषधि स्वास्थ्य केन्द्रमा अलपत्र

असोज २६, बाजुरा | मलेरिया रोकथामका लागि छर्किनु पर्ने औषधि तीन महिनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । 

‘सेभ द चिल्ड्रेन’को सहयोगमा जिल्लाको उत्तरी भेग बूढीनन्दा नगरपालिकाको कोल्टी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा पठाएको थियो । औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महीना बितिसक्दा पनि समुदायमा औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सत्य शाहीले बताउनुभयो । 

तराईमा मात्रै देखा पर्ने मलेरिया रोग बाजुराको बूढीनन्दा नगरपालिका वडा नं १, ६ र ५ वडामा देखा परेपछि परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि ‘सेभ द चिल्ड्रेन’को सहयोगमा प्रभावित बस्तीमा छर्किनका लागि पाँचवटा ठूलो ड्रममा औषधि पठाएको हो । 

औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा आएको हो, साउनमै प्रत्येकको घरमा पुगेर घर र चर्पीमा ओसिलो ठाउँमा औषधि छर्कनुपर्ने हो । तर नगरपालिकालाई तीन लाख माग गरेका हौं, एक रुपैयाँ पनि नदिँदा औषधि स्वास्थ्य केन्द्रमा अलपत्र रहेको डा सत्य शाहीले बताउनुभयो । 

मलेरिया फैलिने भनेको गर्मी र वर्षादको समयमा हो । चैतदेखि जेठमा छर्कियो भने औषधिले तीन महिना काम गर्छ, । नगरपालिकाको गैरजिम्मेवारीका कारणले मलेरिया जस्तो सरुवा रोगको औषधि अलपत्र रहेको स्थानीयवासीको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ