2026-10-16 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

समृद्धिका लागि पर्यटन प्रबद्र्धन जरुरी

सुर्खेत २६ असोज । कर्णाली प्रदेशको पर्यटन प्रबद्र्धनले मात्र प्रदेशको समृद्धि सम्भव भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पदा मल्टिपर्पोज प्रा.लिको कार्यालय उद्घाटन समारोहका सहभागीहरुले यस्तो बताएका हुन् । कर्णाली प्रदेशको भाषा, संस्कृति र यहाँका प्राकृतिक सम्पदाहरुले कर्णालीको पहिचानका लागि मद्यत गर्ने उनीहरुको भनाई छ ।

कर्णाली उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाहीले कर्णाली भाषा, संस्कृती, सभ्यताको उद्गम्स्थल भएको भन्दै यस्ता पर्यटकीय सम्पदाहरुको संरक्षणमार्फत कर्णाली समृद्धिको अभियानलाई सार्थक बनाउन सकिने बताए । ‘हामी प्राकृतिक सम्पदा र संस्कृती निकै धनी छौ’ उनले भने, ‘त्यसको पहिचान, प्रचार प्रसार र संरक्षण अबको खाँचो हो ।’

कार्यक्रममा वीरेन्द्रनगर ४ नम्बर वडाका अध्यक्ष निलकण्ठ खनालले पर्यटनको बिकास मार्फत प्रदेशलाई समृद्ध बनाउन सकिनेमा जोड दिए । सबैको योगदानले मात्र समृद्धि प्रदेशको अभियान सार्थक हुने भन्दै प्रदेश सरकार र स्थानीय सरकारको समन्वय जरुरी हुने बताए । सम्पदा मल्टिपर्पोज प्रालिले कार्यालय उद्घाटनसंगै एउटा गीत पनि सार्वजनिक गरेको छ ।

नव स्थापित कम्पनीले मुनाफाको २ प्रतिशत रकम कलाकार, साहित्यकार र पत्रकारको हितमा लगानी गरिने बताए । उनले उक्त कार्यका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने, आगामी मंसिर १ देखि चैत्र मसान्तसम्म कर्णाली अवार्ड सिजन १ सञ्चालन गर्ने त्यसमा देउडा, दोहोरी, आधुनिक, गायन, शब्द, संगीत लगायतका ९ बिधामा अवार्ड वितरण गरिने घोषणा गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु