२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्यटन प्रर्बद्धनको लागि राष्ट्रियसभा अध्यक्षको पदयात्रा

२०७५, २७ आश्विन शनिबार १०:०९

शान्ति सुबेदी | असोज २७ (मोदी) पर्वत ।

मोदीगाँउपालिकाले आयोजना गरेको पर्यटन पर्वद्घन अन्तरक्रिया कार्यक्रममा सहभागि हुदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अवलोकना का लागि पैदल यात्रा गरिगाँउपालिकाको पर्यटकिय स्थल भवरकोट पुग्नुभएको हो । तिमिल्सिनाले कागजमा लेखिएका मौलिक हकलाई व्यवहारमा रूपान्तरण गर्न चुनौती रहेको बताउनुभएको छ ।पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज आयोजित पर्यटकीयस्थल भवरकोे विकासका सम्भावना विषयक कार्यक्रममा बोल्दै तिमिल्सिनाले लामो समय देखि प्रयोगमा आइरहेका ऐन कानूनबाट अभ्यस्त भएको समाजमा नयाँ स्वरूपमा आएका मौलिक हकलाई अपनाउनु चुनौती भएको बताउनुभयो ।

तिमिल्सिनाले भवरकोटको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्वतको नयाँपुल र पातीचौरदेखि भवरकोट सम्मको पैदलमार्गलाई व्यवस्थित गर्दै घोरेपानी र पुनहिलसम्म जोड्न सकेमा वार्षिक लाखौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने बताउनुभयो । समुद्री सतहबाट झण्डै दुई हजार ५०० मिटरको उचाइमा रहेको भमरकोटको अध्ययनका लागि आउनुभएका राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पर्यटनमन्त्री अधिकारी झण्डै दुई घण्टाको पैदलयात्रा गरी भमरकोट पुग्नुभएको हो ।सोही कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बढीभन्दा बढी सङ्ख्यामा बाह्य पर्यटकलाई भित्र्याउने गरी राज्यले काम गरिहरको बताउनुभयो ।

उहाँले अबको पाँच वर्ष्भित्र विश्वकै नमूना गन्तव्यस्थलका रूपमा विकास गरिने दाबीसमेत गर्नुभयो ।आर्थिक समृद्धिका लागि पर्यटन उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब हरेक पर्यटकीय र ऐतिहासिक महत्वका क्षेत्रमा आवश्यक पूर्वाधार खडा गरिने र त्यसका लागि राज्यले उचित बजेटको समेत व्यवस्था गरेको जानकारी दिनुभयो ।सोही सभामा वडा नं दुईका अध्यक्ष विकास तिमिल्सिनाबाट रचित गाउँपालिका चिनारीको गित विमेचन पनि गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थल भमरकोटको ऐतिहासिक महत्व र त्यसलाई विकास गर्न सकिने सम्भावनाका बारेमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र मन्त्री अधिकारीलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला