२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विदेश गएकालाई श्रम रि-इन्ट्री सुविधा अनलाइनबाटै, विमानस्थलबाटै प्रमाणीकरण हुने

६ कार्तिक २०७५, मंगलवार ०९:३२

कात्तिक ६, काठमाडौं । नेपालबाट बैदेशिक रोजगारीका क्रममा पुन: श्रम स्वीर्कृति लिन चाहने कामदारको श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने व्यवस्था हुने भएको छ । सरकारले वैदेशिक रोजगारीमा दोहोर्‍याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिएका हुन् ।

हालसम्म बैदेशिक रोजगारीमा जानेले यस खाले सुविधा लिन काठमाडौँको ताहचलस्थित कार्यालयमा पुगेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । जसलाई अब सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको बिष्टले बताए । विष्टका अनुसार अब अनलाइनबाटै आवेदन दिएर विमानस्थलबाटै प्रमाणीकरण गरेर उड्न सकिने व्यवस्था लागू गर्न सिस्टम तयार भइरहेको बताए ।

‘रि-इन्ट्रीका लागि पनि कार्यालय नै पुग्नुपर्ने झन्झटिलो व्यवस्था हामी हटाउँदैछौं, कामदारलाई अनलाइनबाटै रि-इन्ट्री गर्ने व्यवस्था कार्यान्यवन गर्न अन्तिम तयारीमा जुटिरहेका छौं,’ उनले भने ।

सरकारले श्रम स्वीकृति नवीकरण विदशेस्थित नेपाली नियोगहरुबाट पनि गर्न सकिने गरी प्रस्ताव गरिसकेको छ । यसका लागि वैदेशिक रोजगार ऐन संशोधन हुने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषदले पास गरिसकेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार यो व्यवस्थासहितको विधेयक अब संसदमा दर्ता हुनेछ । यो ऐन पारित भएपछि नियमावलीमा संशोधन गरेर सरकारले विदेशबाटै श्रम स्वीकृति दिने प्रक्रिया थाल्नेछ ।

एक कामदारले कम्तिमा दुईपटकसम्म विदेशमा नै श्रम रि-इन्ट्री गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यो कानुन औद्योगिक र घरेलु दुबै कामदारको हकमा लागू हनेछ ।

मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार वैधानिक रुपमा विदेश पुगेकाको हकमा दुईपटकसम्म सम्बन्धित देशको दूतावासबाट श्रम रि-इन्ट्री गर्न सकिने व्यवस्था गर्न लागिएको हो ।

नियमावली संशोधनपछि आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रि-इन्ट्रीको व्यवस्था गर्नेछ ।

‘दुईपटक भन्दा बढी रि-इन्ट्री दिँदा कामदार स्वेदेश नै फर्किन नचाहाने पनि हुन सक्छ । त्यसैले सबै पक्षलाई हेरेर यस्तो प्रस्ताव गरिएको हो,’ ती अधिकारीले भने ।

नेपाल फर्किएर रि-इन्ट्री गर्न चाहानेहरुलाई भने अब अनलाइन सिस्टमबाट रि-इन्ट्री गर्ने सुविधाका लागि करिव एक महिना मात्रै समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य