२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एक व्यक्ति बेपत्ता, कपडा नारायणी नदी किनारमा भेटियो

७ कार्तिक २०७५, बुधबार ०३:०२

पुरुषोत्तम सुवेदी | कात्तिक ७, नवलपरासी | पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–३ ब्रहमस्थानका ८७ वर्षीय उमाकान्त पौडेल मङ्गलबारदेखि बेपत्ता हुनुभएको छ । 

पौडेललाई नभेटिएपनि उहाँले लगाएको कपडा भने नारायणी नदी किनारमा फेला परेको छ । 

सो कपडा नदी किनारमा फेला परेपछि पौडेल नदीमा नुहाउने क्रममा बेपत्ता भएको हुनसक्ने अनुमान गर्दै खोजी कार्य गरिहेको कोल्हुवा इलाका प्रहरी कार्यालयले जनाएको छ । 

भवन निर्माण कार्य सुरु 

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न थालिएको छ । रु आठ करोड ३५ लाखको लागतमा आगामी दुई वर्षभित्र सो भवन निमार्ण गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो । 

भैरहवास्थित प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको सो भवनमा ४८ वटा कोठा हुने प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो । 

विद्यालयलाई जापानको सहयोग 

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ मा रहेको भाग्योदय आधारभूत विद्यालयमा जापानस्थित गैरे सेवा समाजले अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग गरेको छ । 

समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम गैरेले गरीब तथा विपन्न परिवारका विद्यार्थी पढ्दै आएको उक्त विद्यालयलाई सहयोग गर्न पाएकामा आफूहरू हर्षित भएको बताउनुभयो । बागलुङ जिल्लाको गल्कोटबाट विसं २०६८ देखि ‘मानव सेवा नै धर्म हो’ भन्ने मूलमन्त्र लिएर उक्त संस्थाले सेवा गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य