२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

‘जङ्गलकुटी’ प्रदेश ५ कै प्रमुख पर्यटन केन्द्र बन्छ: मुख्यमन्त्री

७ कार्तिक २०७५, बुधबार १५:२९

कात्तिक ७, लमही (रासस) | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ गढवा गाउँपालिका–८ स्थित ‘सिद्ध बाबा जङ्गलकुटी’ क्षेत्रको आज अवलोकन भ्रमण गर्नुभयो । 

सो अवसरमा उहाँले यो क्षेत्रलाई प्रदेशकै प्रमुख पर्यटन केन्द्रको रुपमा विकास गरिने बताउँदै थारू समुदायको धार्मिक आस्थाको केन्द्रविन्दु रहेको जङ्गलकुटी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

विसं १८७९ मा दाङ देउखुरी क्षेत्रको गढवा गाउँपालिका–८ स्थित घनाजङ्गलमा भुवनेश्वर नाथले सिद्धि प्राप्त गरेको सिद्धनाथ बाबा जङ्गलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न अन्य सरकारी तथा निजी क्षेत्रले समेत सहयोग गरेका छन् । 

कुटी संरक्षण समितिले कुटी क्षेत्रमा अतिथिगृह, शौचालय र कार्यालय निर्माण, मन्दिर क्षेत्रलाई सुरक्षित राख्न तारबार, मुख्य प्रवेशद्वार तथा पुरानो संरचना नबिग्रने गरी भवनको चारैतर्फ पिलरसहितको छत निर्माण तथा रङरोगन गरिएको छ । 

ऐतिहासिक महत्व तथा पुरातात्विक सम्पदासमेत रहेको कुटीमा सिद्धि प्राप्त गरेका भुवनेश्वरनाथ बाघमा चढेर जङ्गल घुम्ने गरेकाले उनलाई ‘बाघनाथ’ भन्न थालिएको कुटीका पुजारी देवीसिंह चौधरीको भनाइ छ । कुटीमा बाघनाथ बाबाको पूजाअर्चनाका लागि माघे सङ्क्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ भने दशैँ, तिहार, शिवरात्रि र चैते दशैँमा समेत यहाँ भक्तजन आउने गर्छन् । 

बाबाको खराउ, खाट, पूजाको सामग्री, ओछ््यानलगायत थुप्रै पुरातात्विक सामग्री कुटीमा छ भने १९३ वर्षअघि अगेनामा बालिएको आगोलाई अभैm निभ्न दिइएको छैन । थारू समुदायमा उत्पादन गरेका अन्नपात सर्वप्रथम बाबाको कुटीमा चढाई मात्र आफ्ना लागि प्रयोग गरेमा निरोगी हुनाका साथै बाबाको आशीर्वाद सधैँ प्राप्त हुने विश्वास रहिआएको छ । 

ऐतिहासिक रूपमा अगाध धार्मिक आस्था रहेको सो जङ्गल कुटीलाई राष्ट्रिय तथा विश्व सम्पदा सूचीमा अभिलेखीकरण गर्न सकियो भने ऐतिहासिक सम्पदाको संरक्षणमा कोशेढुङ्गा साबित हुने र पर्यटकीय सम्भावनासमेत बढाउने विश्वास गरिएको छ । 

दाङ–बुटवल सडकखण्डको कालाकाटेबाट १६ किलोमिटर पश्चिम गढवा–कालाकाटे सडकमा पर्ने गोवरडिया गाउँदेखि सात किमी दक्षिण चुरे पहाडको काखमा जङ्गलकुटी रहेको छ । जङ्गलकुटीको पहाडको टुप्पोमा जसलाई भ्यू टावर पनि भन्ने गरिएको छ । यस स्थलबाट हेर्दा देउखुरी उपत्यकाको अधिकांश भू–भागको दृश्य देख्न सकिन्छ । 

रोल्पाबाट माण्डवी र प्यूठानबाट झिमरुक दुवै नदीको सङ्गमस्थल ऐरावतीमा बनेपछि नामकरण हुने राप्ती नदीको नागबेली आकृति, उर्वरा खेतीयोग्य भूमि, राजमार्ग दायाँबायाँमा बाक्लो बस्ती र मनोरम दृश्य भ्यू टावरको चुचुरोबाट अवलोकन गर्न सकिन्छ । 

यसैबीच मुख्यमन्त्री पोख्रेलले गढवा गाउँपालिका–४ स्थित १० बिगाह क्षेत्रफलमा लगाइएको रेशम खेतीको पनि आजै अवलोकन गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो