2026-09-13 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका अस्पतालमा टेलिफोनको असुविधा, सेवाग्राही मर्कामा

कात्तिक ८, रोल्पा | जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहँुदा कार्यालयको दैनिक काम प्रभावित हँुदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् । 

जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध हुँदै आए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहँुचमा पुग्नसकेको छैन । कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्ने बाध्यता छ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य अधिकृत डा सुशील आचार्यले भन्नुभयो । टेलिफोन असहजताले कार्यालय र सेवाग्राही दुवैले समस्या भोग्दै आएका छन्, डा आचार्यले भन्नुभयो । 

अस्पतालको डेलिभरी कक्षमा सिडिएमए टेलिफोनबाट काम चलाएका छाँै रोल्पा जिल्ला अस्पतालका स्टाप नर्स शर्मिला आचार्यले भन्नुभयो । कहिलेकाहीँ सिडिएमएले समेत काम नगर्दा निकै सकस हुन्छ, आचार्यले भन्नुभयो । 

अस्पतालजस्तो क्षेत्रमा प्रभावकारी टेलिफोन सेवा नपुग्नु दुःखद् कुरा हो नागरिक अगुवा तीर्था आचार्यले भन्नुभयो । बिरामीको अवस्था बुझ्न तथा अस्पतालमा स्वास्थ्य परामर्शका लागि चौबीसै घण्टा टेलिफोन सेवा उपलब्ध हुनुपर्नेमा सामान्य फोन गर्न समेत सास्ती भोग्नु सामान्य कुरा होइन ।

सभामुख कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री भएका बेला अस्पतालमा टेलिफोन सेवा उपलब्ध हुनुपर्ने माग गरिए पनि अहिलेसम्म पूरा नभएको जिल्ला अस्पतालका एक कर्मचारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले