२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा चालक अनुमतिपत्र सहज बन्दै

२०७५, ८ कार्तिक बिहीबार ०८:४२

कात्तिक ८, इटहरी | यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ । 

दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फत गरिएको र यसबाट सेवाग्राहीले सहजरुपमा अनुमतिपत्र पाउने कार्यालय प्रमुख कृष्णप्रसाद भुसालले बताउनुभयो । 

अनलाइन सेवामार्फत चालक अनुमतिपत्रका लागि आवेदन गर्ने सेवाग्राहीले लिखित र प्रयोगात्मक परीक्षा दिने मिति थाहा पाउन सक्छन् । अनलाइन सेवामार्फत सेवाग्राहीले चाँडो र सहजरुपमा सेवा पाउने अवस्था तयार भएको पनि उहाँले जानकारी दिनुभयो । यसअघि सेवाग्राहीले कहिले फर्म भर्ने भन्ने जानकारी नै नपाउने अवस्था थियो । 

यो प्रविधि प्रयोगमा आएपछि सबैतिरका सेवाग्राहीले भरपर्दो सेवाका रुपमा अनलाइन सेवालाई लिएको सोही कार्यालयका अर्का कर्मचारी डिल्ली नेपालले बताउनुभयो । फेसबुकमार्फत परीक्षा एवं प्रयोगात्मक परीक्षासमेत सेवाग्राहीले जानकारी पाउने व्यवस्था मिलाइएको छ ।  

गाँजा फडानी 

सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजाका बोट प्रहरीले नष्ट गर्ने अभियान तीव्र तुल्याएको जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले स्थानीय इलाका प्रहरी कार्यालय समेतको सहयोगमा जिल्लाको गढी गाउँपालिका क्षेत्रको झोरा टोल र सत्तेरझोरा टोलका गाउँमा लगाइएको अवैध गाँजाका बोट फँडानी गरी नष्ट पारेको हो ।  

इलाका प्रहरी कार्यालय दुहवीको सहयोगमा ती क्षेत्रमा लगाइएको अवैध गाँजाको बोट नष्ट गर्ने कार्यमा प्रहरी र स्थानीय जनप्रतिनिधिसमेतको सहयोग लिइएको बताइएको छ । 

कोशी गाउँपालिकाअन्तर्गतको विभिन्न गाउँमा लगाइएको तथा आफैँ उम्रिएका अवैध गाँजा पनि प्रहरीले फँडानी गरेर नष्ट गरेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । जिल्लाको अन्य स्थानमा भएका अवैध गाँजाका बोट प्रहरी र जनप्रतिनिधिको सहकार्यमा नष्ट गर्ने अभियानलाई तीव्र पारिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते