2026-09-13 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको मुखिया टोलमा शौचालय बनेपछि…

कात्तिक ९, लहान | सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–२ स्थित मुखिया टोलमा घरघरमा चर्पी निर्माण भएपछि अहिले मुखिया टोलका बासिन्दाले खुला ठाउँमा दिसापिसाब गर्न छोडेका छन् । 

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले मुखिया बस्तीको स्थलगत अनुगमनपछि पूर्ण खुला दिसामुक्त गाउँ बन्ने तयारीमा छ । यसअघि बाँसघारी, झाडी र पोखरीको डिल लगायतका ठाउँमा खुला दिसापिसाब गरिन्थ्यो । 

बस्ती अनुगमनमा जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख सरोज यादव, सिरहा रेडक्रसका सभापति राजदेव यादव, महामन्त्री राजदेव ठाकुर, लहानस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका भैयालाल योञ्जन, अभियानकर्ता अशोक यादव, प्रकाश महतो, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य देवकुमार यादव र पत्रकार दिनेश्वरप्रसाद गुप्ता लगायतका सहभागी थिए । 

टोल निगरानी समितिका संयोजक धनिकलाल मुखियाका अनुसार बस्तीका अधिकांश मानिस वैदेशिक रोजगारीमा रहेकाले त्यसको प्रभाव बस्तीमा समेत परेको हो । “विदेशको वातावरणमा काम गरेका युवा गाउँ फर्किएपछि त्यसको सिको गर्ने प्रयास गरेका छन्”, मुखियाले भन्नुभयो । 

गाउँबाट बिहान वा जुनसुकै समयमा खुलारुपले दिसा गर्न बाहिरिनेको सङ्ख्या शून्यमा झरेको गाउँले बताउँछन् । “वातावरणीय सरसफाइका लागि गाउँले प्रायः सबैले आफ्नो घर अगाडि रुख बिरुवा, फूल रोपेको मुखियाले बताउनुभयो । 

खुलारुपले दिसापिसाब गर्ने मात्र होइन, ३२ घरधुरी रहेको मुखिया टोलमा स्थानीय बासिन्दा सामाजिक विकृतिका रुपमा रहेको बालविवाहप्रति सजग रहेको स्थानीय रञ्जिता मुखियाले बताउनुभयो । 

घर अगाडि रुख बिरुवा रोप्दा सौन्दर्य बढ्नुका साथै पूजाआजाका लागि फूल खोज्न अन्यत्र जानु नपर्ने मुखियाको भनाइ छ । स्थानीय गाउँले चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइका साथै साबुन पानीले हात धुने बानीको विकास र व्यवहार परिवर्तन गर्न जुटेका छन् । सन् २०२२ सम्म सिरहालाई पूर्णसरसफाइयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको छ । 

सोही लक्ष्यअनुरुप मुखिया टोल कात्तिक १० गते पूर्ण खुला दिसामुक्त उन्मुख बस्ती घोषणा गर्ने तयारी गरिएको छ । सिरहा जिल्ला २०७४ चैत ९ गते खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले