२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

२०७५, ११ कार्तिक आईतवार ०६:५२

कात्तिक ११, पर्वत | अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालोउकालो गर्नुपर्ने बाध्यता रहेको थियो । 

पुल २८७ मिटर लामो तथा १३५ मिटर उचाइको रहेको छ । 

निर्माण समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष हिमबहादुर गुरुङले वर्षौँदेखिको आफूहरुको सपना पूरा भएको भन्दै सहयोगी कादुरी संस्थाप्रति धन्यवाद अर्पण गर्नुभयो । उहाँले पुल निर्माणमा करीब रु एक करोड खर्च भएको जानकारी दिनुभयो । 

उक्त पदमार्गमा वार्षिक रूपमा एक लाखसम्म बाह्य पर्यटक राउण्ड अन्नपूर्ण पदयात्राका लागि जाने गरेका छन् । 

प्रवासीद्वारा बाढीपीडितलाई घर निर्माण 

रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउँपालिका–७ धाइरिङ लस्तीका पहिरोपीडितका लागि घर निर्माण गरिएको छ । गत साउन १ गते रातिको वर्षातका कारण पहिरोले क्षति पुर्याएर विस्थापित जलजला गाउँपालिका–७ लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्तरण गरिएको हो । 

धाइरिङ वास्वोट घर भई रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहनुभएका नारायण आचार्यको विशेष पहलमा नेदरल्याण्डमा रहेका पर्वतवासीको आर्थिक सहयोगमा शौचालयसहित तीन कोठे घर निर्माण गरिएको हो । नेदरल्यान्डवासीको रु तीन लाख २९ हजार र स्थानीय महिला समूह तथा व्यक्तिको श्रमदाना गरी रु पाँच लाखभन्दा बढीको लागतमा घर निर्माण गरिएको हो । 

शनिबार आयोजित कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल, पर्वत समाज नेदरल्यान्डका वरिष्ठ सल्लाहकार गुणनिधि रिजाल, पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नरबहादुर रोकाले पहिरोपीडित शर्मालाई घरको साँचो हस्तान्तण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन