याम परियार (शिव)

महाशिला गाउँपालिका ४ पाखापानीकी टोप कुमारी खत्रीमाथि स्थानीयबासीले आक्रमण गरेका छन् । आफ्नो निजि जग्गामा वडाध्यक्ष पूर्णबहादुर मल्ल सहितको समुहले जवजस्ती डोजर प्रयोग गरेको र रोक्न खोज्दा आफूमाथि आक्रमण भएको उनको गुनासो  छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... याम परियार (शिव)

महाशिला गाउँपालिका ४ पाखापानीकी टोप कुमारी खत्रीमाथि स्थानीयबासीले आक्रमण गरेका छन् । आफ्नो निजि जग्गामा वडाध्यक्ष पूर्णबहादुर मल्ल सहितको समुहले जवजस्ती डोजर प्रयोग गरेको र रोक्न खोज्दा आफूमाथि आक्रमण भएको उनको गुनासो  छ ।

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

६० बर्षिया बृद्ध टोपकुमारीको विलौना, ढिडो खान समेत दिएन, मलाई कुटपीट गरेर लुटे (भिडियो सहित)

१२ कार्तिक २०७५, सोमबार ०३:०९

याम परियार (शिव)

महाशिला गाउँपालिका ४ पाखापानीकी टोप कुमारी खत्रीमाथि स्थानीयबासीले आक्रमण गरेका छन् । आफ्नो निजि जग्गामा वडाध्यक्ष पूर्णबहादुर मल्ल सहितको समुहले जवजस्ती डोजर प्रयोग गरेको र रोक्न खोज्दा आफूमाथि आक्रमण भएको उनको गुनासो  छ ।

 खत्रीले सहारापाटीसँग भनेकी छिन् साँढेँ ११ बजे म घाँस ल्याएर ढिडो खाँदै थिए, तँलै ढिडो खालीस अब तँलाई बाँधेर कारवाही गर्ने हो भन्दै अपरहण गरेर ममाथि अमानविय व्यवहार गरे । मेरो घरमा लट्टीपट्टी पारे ।  

आफ्नो जग्गा दिन्न भन्दा पनि आफूमाथि अमानवीय व्यवहार गरे, मलाई नाग्गेबुङ्गे पारे, मेरो ज्यान काम लाग्ने भएको छैन मैले न्याय पाइन । उनले भनिन् । आफूले न्याय नभएको भन्दै राज्यनै आफूमाथि लागेको बताएका छिन् ।

सोही वडाका बलवहादुर खत्रीले आफ्नी छोरी माथि वडाध्यक्ष सहितको समुहले संघातिक आक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । 


पीडित खत्रीले आफ्नो नीजि जग्गामा जवरजस्ती हडप्न खोजेको भन्दै वडाध्यक्ष मल्ल र सोहि ठाउँका यामवहादुर भण्डारीका विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको हो । पीडित खत्रीका अनुसार महाशिला –४ साविक पाखापानी गाविस–४ चियान डाँडामा रहेको कित्ता नम्वर १८७ को क्षे.फ १ रोपनी २ आना १ पैसा २ दामको आफ्नो जग्गामा मल्ल र भण्डारीले हडप्न खोजेको बताए ।


गत कात्तिक ६ गते वडाध्यक्ष मल्ल र सोही स्थानका भण्डारीको अगुवामा आएको २०–३० जनाको समुहले आफुले एकलौटी हक भोग गरेको जग्गामा बिना अनुमती डोजर प्रयोग गरेको खत्रीको गुनासो छ । कोटपिटको क्रममा तिन तोलाको सिक्रि, नगद ४ हजार,कोदालो, १ तोलाको औंठी लगेको खत्रीको आरोप छ । डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गनृुका साथै हातपात गरि खरबारीमा समेत आगो लगाईदिएको खत्रीले बताउनु भयो ।

उहाँले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रसासन संग सुरक्षाको माग गर्नुभएको छ । आफुमाथी उक्त घटनाको विषयलाई लिएर दैनिक धम्कि आईरहेकाले खत्रीले सुरक्षाको माग गर्नुभएको हो । साथै उहाँले दोषीमाथी कारबाहीको माग गर्नुभएको छ । यता वडाध्यक्ष पुर्णवहादुर मल्लले आफुले त्यस्तो नगरेको दावी गर्नुभयो । ‘त्यो बाटो पहिल्यै निर्माण भईसकेको थियो उनले भने,‘ अहिले चक्लाबन्द गर्ने क्रममा विवाद भएपछि बाटो खन्न रोकिएको छ ।’ आफु वडाको विकासमा दिनरात खटेको बताउँदै कसैलाई पक्षपात नगरि वडाको समान तवलले विकास गर्ने बताउनु भयो ।

महिलामाथि अमानवीय व्यवहार हुदाँ समेत मानवअधिकारबादी संघसंगठन मौन बसेका छन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’