2026-10-15 05:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘योजना आयोगको प्राथमिकतामा कर्णाली’ उपाध्यक्ष डा.कंडेल

कात्तिक १२, सुर्खेत | राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कंडेलले विकासका सबै सूचकांकमा पछाडि परेको कर्णाली प्रदेश आफूहरुको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कर्णाली भौगालिक रुपमा विकट रहेको भन्दै यहाँको विकासका लागि आयोजनाले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।

कर्णाली प्रदेशको विकास र उन्नती संघीय सरकार र राष्ट्रिय योजना आयोगको विशेष प्राथमिकता क्षेत्रमा रहेको कंडेलले स्पष्ट पारे । ‘राज्यको आँखा पछाडि परेरै कर्णाली पिछडिएको हो,’ नेपाल पत्रकार महासंघ प्रदेश समितिद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘अब संघीयतामा कर्णालीको परिचय बदलिन्छ, यसका लागि आयोगले अन्य प्रदेशभन्दा बढी महत्व दिएर योजना तथा कार्यक्रम निर्माण गर्छ ।’ 

कर्णालीमा उपलव्ध साधन र स्रोतको पहिचान गरी त्यसको समुचित विकासमा जोड दिइने बताए । कर्णालीको पूर्वाधार, सञ्चार, शिक्षा, स्वास्थ्य तथा सर्वाङ्गीण विकासका लागि एकीकृत विकासमा आयोग गम्भीर रहेको उनले उल्लेख गरे । कर्णालीमा प्रादेशीक योजना आयोग स्थापना गरेर तथ्याङ्क संकलनमा प्राथमिकता दिइने उनको भनाई छ । ‘सही तथ्याङ्ककले सही विकास गर्नमा अग्रसर गराउँछ’ कंडेलले भने, ‘सही विकास लागि सही तथ्याङ्क संकलन गर्नमा आयोग गम्भीर छ ।’ तर उनले सही तथ्याङ्क संकलन नभएकै कारण विकासमा अवरोध सिर्जना भएको उनको भनाई छ । आयोगले निर्माण गर्ने २५ वर्षे दीर्घकालिन सोच र १५ औं योजनामा कर्णाली प्रदेशले अझैं बढी महत्व पाउने प्रतिवद्धता व्यक्त गरे । 

उपाध्यक्ष डा. कंडेलले योजना आयोगले आफूसंग भएको ज्ञान–प्रविधिलाई प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने क्रममै रहेको बताए । प्रदेशस्तरीय दिगो विकासमैत्री योजना निर्माण, तथ्यांक संकलन तथा क्षमता विकाससम्बन्धी कार्यशालाका लागि आयोगको टोली यहाँ आएको हो । पत्रकार भेटघाटमा आयोगका सदस्यद्वय मीनबहादुर शाही र सुशील भट्टसमेत उपस्थित थिए । प्रदेश सरकारका मन्त्री, सचिव लगायतका उच्च अधिकारीहरु सहभागी दुई दिने कार्यशाला सोमबार समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो