२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया कामदार नपठाउने भन्दै म्यानपावर व्यवसायीहरुको यस्तो चेतावनी

१३ कार्तिक २०७५, मंगलवार १६:१३

कात्तिक १३, काठमाडौँ | बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरोकारवाला संस्थाहरुसंग कुनै छलफल नगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सस्तो लोकप्रियताका लागि मलेसिया सरकारसंग श्रम सम्झौता गरिएको आरोप लगाएका छन । 


मंगलबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले २०७२ साल जेठमा तत्कालिन श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले पनि कार्यन्वयननै हुन नसक्ने फ्रि भिजा र फ्रि टिकटको व्यवस्था गरेर सस्तो लोकप्रियता खोजे जस्तै वर्तमान मन्त्रीबाट पनि त्यस्तै भएको हुन सक्ने आशंका ब्यक्त गरे । त्यस्तै उनले पहिला मलेसियासंगको श्रम सम्झौता के कति कारणले रद्ध गरिएको हो त्यसको पनि सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताए । मलेसिया सरकारसंगको सम्झौताको पूर्ण पाठ सरोकारवालालाई नदिई प्रेस बक्तव्यबाट मात्रै सार्वजनिक गरिनुले कतै वाहिर आएभन्दा फरक सम्झौता त भएको छैन भन्ने समेत उनले शंका ब्यक्त गरे । 

सोही कार्यक्रममा बोल्दै कांग्रेस निकट व्यवसायी भनेर चिनिने बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले मन्त्री विष्टले बदनियतपूर्ण तरिकाले सस्तो लोकप्रियताको लागि गरेको श्रम सम्झौतालाई सबै व्यवसायीहरुले कुनै वाद वा विचार भन्दा माथि उठेर विरोध गर्नुपर्ने धारण व्यक्त गरे ।


त्यस्तै, सोही कार्यक्रममा सत्तारुढ नेकपा निकट प्रगतिशिल बैदेशिक रोजगार मन्त्रका अध्यक्ष चित्र गुप्ता सावाले सरकारले गरेको श्रम सम्झौताको बारेमा तत्काल समर्थन या विरोध भन्दा पनि आफूहरु अध्ययनकै क्रममा रहेको र वाहिर मिडियामा आए जस्तै सम्झौता हो भने मन्त्री विष्टको लोकप्रिय हुने होड भन्दा बढि यो सम्झौता केही नभएको जिकिर गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान