२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योग खोल्न स्थानीय तहको चासो

१४ कार्तिक २०७५, बुधबार ०२:०८

कातिक १४, तेह्रथुम (रासस) | जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् । 

कतिपय स्थानीय तहले चालू आर्थिक वर्षमा दुग्ध प्रशोधन उद्योगका लागि बजेट विनियोजन समेत गरेका छन् । राष्ट्रिय सहकारी महासङ्घ नेपालले म्याङलुङमा आयोजना गरेको ‘सहकारीमा प्रभावकारी दूध आपूर्ति शृङ्खला व्यवस्थापन गोष्ठी’ मा किसान र व्यवसायीसँग छलफल गर्दै स्थानीय तहका जनप्रतिनिधिले उनीहरुका समस्या सुल्झाउन प्रतिबद्धता जनाएका हुन् । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङले नगरपालिकाले सहकारी नीति बनाइसकेको र तिनको प्रवद्र्धन गर्दै दुग्ध क्षेत्रलाई व्यावसायिक बनाउन सहयोग गर्ने बताउनुभयो । 

छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले आफ्नो गाउँपालिका दूधको पकेट क्षेत्र भएकाले ब्लकको रूपमा विकास गर्न विशेष कार्यक्रम तय गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले कृत्रिम गर्भाधान, उन्नत जातको घाँसको खेती प्रबद्र्धन, दानामा ढुवानी अनुदानलगायतका कार्यक्रममार्फत दुग्ध क्षेत्रको प्रवद्र्धन गर्न थालिएको बताउनुभयो । म्याङलुङ नगरपालिका तथा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका प्रतिनिधिले समेत दुग्ध क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । मेन्छ्यायेम गाउँपालिका–५ का वडाध्यक्ष शिवनाथ खापुङले किसानलाई दुग्ध क्षेत्रमा विकास गर्न सहयोग पुर्याउने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्रमा चिस्यान केन्द्र निर्माण गरी दूध बिक्री गर्न लागिएको उहाँको भनाइ थियो । स्थानीय तहका जनप्रतिनिधिले दूध र दुग्धजन्य वस्तु छुर्पी, चीज र घिउको कारोवारबाट जिल्लाको समृद्धि सम्भव रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे