कात्तिक १४, पर्वत । विगतमा पर्वत सदरमुकाम कुश्मामा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ । सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको टेलिकमको पर्वत शा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, पर्वत । विगतमा पर्वत सदरमुकाम कुश्मामा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ । सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको टेलिकमको पर्वत शा"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका सबै स्थानीय तहमा फोन र इन्टरनेट विस्तार गर्ने

१४ कार्तिक २०७५, बुधबार ०३:४३

कात्तिक १४, पर्वत । विगतमा पर्वत सदरमुकाम कुश्मामा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ । सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको टेलिकमको पर्वत शाखाले जनाएको छ ।

स्थानीय तहको व्यवस्था कार्यान्वयनसँगै गाउँ गाउँमा खुलेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा व्यावसायिक कारोबारका लागि ल्यान्डलाइन फोन र इन्टरनेटको माग छ । मागअनुसार स्थानीय तह कार्यान्वयन भएको डेढ वर्षको अवधिमा जिल्लाका दुई बाहेक सबै स्थानीय तहमा फोन र इन्टरनेटको सेवा विस्तार भइसकेको शाखाका निमित्तप्रमुख केशव भुसालले बताउनुभयो ।

उहाँका अनुसार पैयुँ, मोदी र जलजला गाउँपालिकामा टेलिकमका सबै सुविधा र्पुयाइएको छ । फलेवासको मुख्य बजार देवीस्थान, खानीगाउँ, राहाले, कमलेबजार र मुडिकुवा लगायतमा दुई सयवटा ल्यान्डलाइन फोन वितरण गर्न लागिएको उहाँले बताउनुभयो । यसअघि टेलिकमले पैयुँ, मोदी र जलजला गाउँपालिकामा समेत ल्यान्डलाइन सेवा विस्तार गरिसकेको जनाएको छ । सदरमुकाम कुश्मामा पुरानै सेवा छ । टेलिकमका अनुसार कुश्मामा ल्यान्डलाइन प्रणालीको फोनका करिब १ हजार ५ सय उपभोक्ता छन् । त्यस्तै पैयुँमा दुई सय, जलजलामा १ सय ५० र मोदीमा तीन सय लाइन फोन विस्तार गरेको छ ।

ल्यान्डलाइन टेलिफोनसँगै एडीएसएल इन्टरनेट वितरण गर्ने भएकाले उपभोक्ताको माग बढेको टेलिकमका प्राविधिक बताउँछन् । विदेशिएका परिवारका सदस्य र टाढा रहेका आफन्तसँग बातचित गर्न सहज हुने भएपछि अहिले गाउँमा फोन लाइन जडानमा चासो बढेको छ । देवीस्थानका पूर्णकुमार श्रेष्ठले घरघरै टेलिफोन र इन्टरनेट आउने खबरले खुसी लागेको बताउनुभयो ।

टेलिकमले ल्यान्डलाइन सेवा नपुगेका गाउँमा समेत वाईम्याक्सको इन्टरनेट विस्तार धमाधम भइरहेको जनाएको छ । सयवटाभन्दा बढी टेलिफोन र इन्टरनेट सेवा माग भएमा ल्यान्डलाइन सेवा विस्तार गरिने टेलिकमले जनाएको छ । त्योभन्दा कम माग भएमा ताररहित वाईम्याक्स इन्टरनेट विस्तार गर्ने योजना रहेको भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’