२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन संघर्ष: राप्रपा अध्यक्ष थापा

१४ कार्तिक २०७५, बुधबार १३:१६

राम नारायण पंडित | कात्तिक १४,सिरहा | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन जनसंघर्ष गर्ने चेतावनी दिएका छन् । 

फाल्गुन ७ गतेदेखि सुरु हुने संघर्ष हिन्दुराष्ट्र र राजतन्त्र कायम नभएसम्म जारी रहने उनले दाबी गरेका छन् । देश दौडाहामा रहेका अध्यक्ष थापाले बुधबार सिरहाको मिर्चैयामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न जनतालाई झुक्याएर विदेशीको ईशारामा रातारात हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्ष बनाएको आरोप लगाए ।  


नेपालमा राजा सहितको प्रजातन्त्रको आवश्यकक्ता रहेको भन्दै अध्यक्ष थापाले राजा बिना देशमा शान्ति र शुसासन कायम हुन नसक्ने जिकिर गरेका छन्  । हिन्दु राष्ट्रको पहिचान समाप्त गरी राजतन्त्रलाई पाखा लगाएकोले जनता राजा तर्फ फर्कने मुडमा रहेको उनले दाबी गरेका छन् । राजा बिना देशलाई फाईदा नहुने भन्दै उनले छठपछि अभियान सुरु गरी अगाडी बढ्ने स्पष्ट गरे । 

देशमा संघियता आएपनि जनताले महशुस गर्न नसकेको भन्दै अध्यक्ष थापाले बर्तमान सरकार प्रहरी प्रशासन र न्यायलयलाई दबाबमा राखेको आरोप लगाए । हत्याहिंसा, बलात्कार लगायतका घटनाहरु भएपनि सरकारको दबाबमा प्रहरी अपराधी पक्राउ गर्न असमर्थ भईरहेको उनले जिकिर गरे । 


बाल हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले जनमतको माध्यमबाट हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्र स्थापित गर्नका लागि एकता गर्ने गृहकार्यमा रहेको समेत खुलासा गरे । फुटका कारण पार्टी कमजोर भएको भन्दै उनले सबैलाई एकजुट भएर बलियो बनाउनु पर्ने बताएका छन् । राष्ट्रलाई बिखण्डन र सर्बसताबादबाट बचाउन पार्टी एकता अपरिहार्य रहेको बताउदै उनले छिटै एकता हुने समेत विश्वास व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य