2026-08-30 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना

कात्तिक १४, सुर्खेत | कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन जिल्ला हेर्नेगरी सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । जिल्ला समन्वय समितिको परिसरमा रहेको प्राविधिक कार्यालयमा सो कार्यालय बुधबार मन्त्रालयले स्थापना गरेको हो ।

कार्यालयको भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै मन्त्री खत्रीले प्रदेशका सडकहरुको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले कार्याालय स्थापनासंगै जनातालाई विकासको अनुभत गराउन सडक, झोलुङ्गे र मोटरेवल पुल निर्माणमा सहजता हुनेमा बताए । प्रदेशका बाँकी तीन जिल्लाहरुमा कार्यालय स्थापना गर्न मन्त्रालय जुटेको मन्त्री खत्रीले जानकारी दिए । 

सुर्खेत केन्द्र भएको कार्यालयले सल्यान र दैलेख जिल्लाका सडक, झोलुङ्गे र मोटरेवल पुलहरु हेर्नेछ । कार्यालय स्थापनासंगै डिभिजनल इन्जिनियर कमल अधिकारीसहित १८ जना कर्मचारीको दरवन्दी कायम भएको छ । कार्यालयमा इन्जिनियर, ६ जना सब– इन्जिनियर, १ जना ल्याब प्राविधिकसहितका कर्मचारी रहेको डिइ अधिकारीले जानकारी दिए । मन्त्रालयले रुकुमपश्चिम, जुम्ला र हुम्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने तयारीमा छ । रुकुमपश्चिमले जाजरकोट र डोल्पा, जुम्लाले कालिकोट र मुगु हेर्नेछ ।

बुधबार नै मन्त्रालयले सुर्खेतमै खानेपानी कार्यालयको स्थापना गरेको छ । यी कार्यालयहरु जुम्ला र रुकुम पश्चिममा समेत स्थापना हुनेछन् । यस्तै, मन्त्रालय मातहतमै रहने गरी प्रदेशका सुर्खेत, जुम्ला र जाजरकोटमा भवन कार्यालय स्थापनामा मन्त्रालय जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने