२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका छुट्टाछुट्टै स्थानमा तीन पुरुषको शव भेटियो

१५ कार्तिक २०७५, बिहीबार ०७:४७

कात्तिक १५, महोत्तरी | जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव बरामद भएको हो।

उनका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको बरण्डामा जनकपुर उपमहानगरपालिका–२१ बस्ने महाजन मण्डलका छोरा ३९ वर्षीय मखन मण्डलको शव बरामद भएको हो।

त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्सा टोलस्थित बाँसघारीमा स्थानीय ८० वर्षीय तपसी ठाकुर बरहीको शव डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको हो।

त्यसैगरी जिल्लाको गौशाला नगरपालिका–११ मा ढोलन खोला किनारमा रहेको आँप बगैँचामा स्थानीय भोला महतोको छोरा १६ वर्षीय सचिनकुमार महतोको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिरहेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो