2026-09-13 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्ला: नाम्खाका स्वास्थ्य संस्थालाई सामाग्री वितरण

रेशमराज रोकाया | कात्तिक १७, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । लोक कल्याण संघ नेपालले लोक कल्याण संघ जर्मनीको आर्थिक सहयोगमा मातृ तथा शिशू स्वास्थ्य सुधार गर्ने उदेश्यले २०७५ साल असारबाट २ बर्षिय मातृत्व तथा शिशु स्वास्थ्य सुधार परियोजना अन्तरगत सामाग्री वितरण गरिएको हो । 

नाम्खा गाउपालिकाका बिभिन्न ३ वटा स्वास्थ्य चौकीलाई प्रसुती सेवाको लागी आबश्यक पर्ने औषधि एवं उपकरणहरु हस्तान्तरण गर्नुका साथै आगामी बर्षमा अन्य स्वास्थ्य चौकीलाई पनि प्रसुती सेवाको लागी आबश्यक पर्ने सहयोग गरिने जिल्ला परियोजना संयोजक शुशिला शाहले बताउनु भयो । प्रसुति गृहमा तालिम प्राप्त स्वास्थ्य कर्मचारी र अति आबश्यक औषधी सहितको उपकरणहरुको अभाबले गर्दा मातृ एवं शिशु मृत दर उच्च रहको हुनाले स्वास्थ्य चौकीमा कार्यरत ४ जना महिला स्वास्थ्य कर्मचारीलाई क्षेत्रिय स्वास्थ्य तालिम केन्द्र, बिराटनगरमा २ महिने आवासिय तालिम समेत दिईएको छ ।  

सामग्रीको उचित प्रयोग र प्रभावकारिता बढाउनको लागि तालिम समेत प्रदान गरिएको छ । नाम्खामा हस्तान्तरण गरिएको उपकरणले आउने दिनमा प्रसुति सेवाले गाउँपालिकामा छिटो, छरितो र गुणस्तरिय प्रसुति सेवा दिन सहयोग हुने नाम्खा गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनु भयो । पालिकामा स्वास्थ्यको अवस्थालाई यस्ता खाले सामाग्रीले सहज स्वास्थ्य सुविधा प्रदान हुने अवस्था सिर्जना भएको छ ।  हुम्लाको अति नै भौगोलिक हिसाबले विकट मानिने नाम्खाबाट सुविधा सम्पन्न अस्पताल जिल्ला अस्पतालमा आउनको लागि पैदल ४देखी ५ दिन यात्रा गर्नु पर्ने अवस्था अझै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले