२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गृहिणीका कथा: राडी बुनेर मनग्गे आम्दानी

१७ कार्तिक २०७५, शनिबार ०५:०१

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | रावाबेंशी गाउँपालिका–६ हौचुर पोखरी चापखर्ककी शिव कुमारी गुरुङ दिउँसोको खाना खाएर राडी बुनिरहेकी थिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलको दिक्तेल कलेजमुनी  गुरुङ समुदायको पुर्खौली पेशा(राडी बुनाई)लाई अंगाल्दै राडी बुनिरहेकी हुन्् । हेर्दा सजिलो तथा दिमागी कसरत बढी लाग्ने सीपबाट उनले वच्चालाई बोर्डिङ स्कुल पढाई रहेकी छन् ।

आफ्नो घर हौंचुरमा भएता पनि नानीलाई बोर्डिङ पढाउदै आवाश्यक सामग्री जुटाएर राडी बुन्ने काम गरीरहेको उनलाई बताईन् । राडी बुन्नका लागि धेरै सामग्रीको खाँचो पर्दछ । सवैभन्दा पहिला भेडाको ऊन चाहिन्छ । भेडाको ऊन माघ/फागुन र असोज÷कार्तिक दुई सिजनमा काटी धोएर कालो, सेतो, रातो छुट्याउने गरिन्छ । ऊनलाई कोरेसोले कोरेर रुवा बनाईन्छ । चर्खाले काटेर धागो बन्ने गर्दछ । उनले भनिन्, ‘अनि त्यसलाई जोडी बनाएर डल्ला बनाई फेरी चर्खामा लगाए बाटेपछि मात्रै राडी बुन्नका लागि ऊनको धागो तयार हुन्छ ।’

एक्लै राडी बुनिरहंदा ‘बोर’ हुनाले उनी कानमा इयरफोन लगाएर गीत सुन्दै बुनिरहेकी थिईन् । ऊनको धागो बनेसकेपछि तान लगाएर राडी बुन्ने गरिन्छ । ऊनको अलवा राडी बुन्नलाई ताके, तोश्रो लगायतका सामग्री चाहिन्छ । ग्राहकको माग बमोजिम राडी बुनाईमा भर पर्ने उहाँको भनाई छ । कसै ग्राहक आफ्नो वा अन्य केही लेखेको बुनाउछन्, कसै सादा बुट्टावाला । उनका अनुसार रंगीन अर्थात लेखेको बुन्नलाई दुई दिन र सादा बुट्टावाला एकदिनमा बुनेर तयार गर्न सकिन्छ । तर, राडी बुन्नभन्दा धुन गाह्रो हुने उनले बताईन् । बुनेर तयार राडीलाई तातोपानी उमालेर पानीमा डुबाई जोर खुट्टाले माडरे धुनुपर्दछ ।   


आफूले भेडा नपालेको र १२ सय र्धानीमा (गाउँबाट दिक्तेल आईपुग्दा) ऊन खरीद गरेर बुनेको ६ बित्ते सादा बुट्टावाला राडी ३५ सय, लेखेको रंगीन राडी ४५ सयदेखी पाँच हजारसम्म विक्री हुने गरेको छ । ५ बित्ते सादा बुट्टावाला राडी २५ सय र लेखेको रंगीन राडी ३५ सयमा घरमै तथा वजारमा लगेर विक्री गर्ने गरेको उनले जानकारी दिईन् । वर्षदिनमा दुई सिजनमा बुनिने राडी प्रायजसो विक्री हुने गरेको र विक्री नभई वाँकी रहेकालाई हलेसी मेलामा लगेर विक्री गर्ने गरिएको छ । विशेषगरी हलेसीमा लाग्ने रामनवमी, वालाचर्तुदशीमा राडीको विक्री बढी हुन्छ । राडीबाट वार्षिक ४०/० हजार  आउने उनले बताईन् । 

समयसँगै विभिन्न नया ओछ्याउनका आईटमहरु बजारमा आए पनि राडीको मान्यता वेग्लै छ । राडी भएको घरको शान नै अर्कै हुने गरेको पुर्खाहरुको भनाई छ । आज पनि आफन्त तथा पाहुनाको घरमा जादाँ राडी ओछ्यार सम्मान गर्ने परम्परा जीवितै रहेको छ । राडीलाई कतीपयले कोसेलीका रुपमा समेत आफन्तलाई उपहार दिने चलन छ । ओछ्याउनमा वढी न्यानो हुना राडी जिल्लाको पोखेरी, चापखर्क, नेर्पा, दिम्मा, बादुङ, वुईपा, साब्रु, वाक्सिलामा बुन्ने गरिन्छ ।  

माथी तस्विरमा: राडी बुन्दै शिव कुमारी गुरुङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो