९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सय वर्ष बितिसक्दा पनि कुलो निर्माण अधुरै !

१७ कार्तिक २०७५, शनिबार ०६:०३

शुरबहादुर सिंह | कात्तिक १७, जुम्ला | सुन्दा अचम्म लाग्न सक्छ तर जुम्लामा निर्माण शुरु गरिएको एक शताब्दीपछि मात्र एउटा कुलो निर्माण भएको पाइएको छ । साविकको कुडारी गाविस ४, ५, ६ र ७ वडा जोड्ने, हालको तिला गाउँपालिका–४ जुम्लाको झारखेत सिँचाइ कुलो निर्माण कार्य शुरु भएको एक शताब्दीभन्दा बढी अवधि लगाएर निर्माण भएको पाइएको हो । 

विसं १९६० मा निर्माण शुरु गरिएको उक्त कुलो १०३ वर्षाको अवधिमा सम्पन्न भएको झारखेत सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष वीरबहादुर सिंहले राससलाई बताउनुभयो । “विसं १९६० मा साइमल शाही राजाले कुलो निर्माण शुरु गरेका थिए” उहाँले भन्नुभयो, “केही भाग खने पनि सबैभन्दा जटिल भाग ‘धादुन’ को भीर निर्माण शुरु भएको १०३ वर्षपछि मात्र काटेर अघि बढ्न सकियो ।” 

उहाँले अगाडि भन्नुभयो, “१९७० सालमा यहाँका रणवीर शाहीले दाङका खन्याल जातिलाई ल्याएर कुलो निर्माणको प्रयास गरेका थिए भने १९८० सालमा ठेणेनाथ, पृथ्वीनाथ योगीले कुलो खन्न गरेको प्रयास सफल हुन सकेन ।” 

विसं. २०४०÷४५ मा रावतवाडा गाउँका मोतीलालनाथ, दलनाथ, खाम्मनाथ, रामनाथ योगीले प्रयास गरे पनि ‘धादुन’ को अप्ठ्यारो भीर कटाउन नसकेको उहाँले बताउनुभयो । “हामीले विसं २०५३ देखि २०६३ सम्म श्रमदान गर्यो” सिंहले भन्नुभयो, “अप्ठ्यारो भीर काटेर बल्ला कुलो निर्माण गर्न सफल भयौँ ।” 

उहाँले आफ्नो नेतृत्वमा साँपुल्ली गाउँका जङ्गु शाही, शेरबहादुर, दलबहादुर, हरिबहादुर, हंशबहादुर, दलवीर, नन्दबहादुर, मानसिंह, प्रदीप, नरवीर, गोर्ख, चक्रबहादुर शाही, मोहन हमाल र रावतवाडा गाउँका गम्भीरनाथ, पृथीमलनाथ, गङ्गानाथ, धनवीरनाथ, लालचन्द्रनाथ, धननाजे, परेनाथ, हंशनाथ, गोरेनाथ योगी, फागुने गिरी, आदिचन्द्र चौलागार्इं, नन्दकृष्ण उपाध्याय र लक्ष्मीप्रसाद चौलागार्इंको सहयोगमा निरन्तर १० वर्ष श्रमदान गरी कुलो निर्माण गरिएको बताउनुभयो । 

अध्यक्ष सिंह भन्नुहुन्छ, “सो कुलोमा ३२ हजार जनाको श्रमदान परेको छ । रु एक करोड १२ हजार बराबरको श्रमदानबाट कुलो निर्माण हुन सक्यो ।” उहाँका अनुसार ४०० मुरी जमीन सिँचाइ हुने गरी बनेको चार किमी कुलोबाट हाल करीब ३५१ घरधुरीले लाभ लिँदै आएका छन् । 

श्रमदानमा बनेको कुलो बजेट आउँदा विवादित 

कुलो निर्माण अवधिमा नेपालमा सशस्त्र विद्रोह चलिरहेको थियो । काम गर्ने सहज वातावरण थिएन । विद्रोही पक्षभन्दा सरकारी पक्षबाट ठूलो डर हुन्थ्यो । धेरै दिन काम अवरुद्ध भएपनि कुलो निर्माणमा भने कसैको विमति नभएको अध्यक्ष सिंहले बताउनुभयो । 

समितिका सदस्य हंशबहादुर शाही भन्नुहुन्छ, “निर्माण कार्यमा विद्रोही पक्षले समेत साथ दियो । सरकारी पक्षको उपस्थिति हुने सहज अवस्था थिएन । १० वर्षसम्म निःशुल्क कुलो निर्माण हुँदा हरेकले स्वतःस्फूर्त काम गरे । एकअर्काको सहयोगी बने । सामूहिक जोश पनि त्यत्तिकै रह्यो । घन, बेल्चा, सब्बल, गैँती र कोदालीको साहरामा भीर, पाखापखेराहरु भत्काइयो ।” 

स्थानीय दलबीर शाही १० वर्ष लामो समयसम्म सबैले एकजिुट भएर काम गरेकोे बताउनुहुन्छ । रोटी र पानी खाएर बडो रमाइलोका साथ साँपुल्ली र रावतवाडा गाउँवासीले श्रमदान गरेका थिए । सामूहिक एकता र बलले मात्र त्यो जटिल काम पनि सहजै सम्पन्न गर्न सकिएको उहाँले बताउनुभयो । 

विसं २०६४ मा वल्र्डभिजन क्षेत्र विकास कार्यक्रम जुम्लाबाट कुलोको कमसल स्थानमा सिमेण्ट लगाउन नगद र जिन्सी गरी रु १४ लाख बजेट आयो । बजेट आउँदा श्रमदान गर्ने दुवै गाउँवासी कुलो पक्की बनाउन पाइने कुराले खुशी भए । काम पनि गरे । ज्याला वितरणको समयमा भने विवाद आउँदा केही असजिलो भएको थियो । 

कुलो निर्माणमा बजेट खर्च अपारदर्शी भएपछि विवाद शुरु भएको समितिका अध्यक्ष सिंहले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “म अध्यक्ष छँदै समितिका जिम्मेवार पदाधिकारीबाट रकम तलमाथि भयो । प्रष्ट हुन खोज्दा विवाद शुरु भएपछि म त्यहाँबाट बाहिरिए ।” 

“कसैले काट्न नसकेको पहाड छिनालेर हामीले कुलो अघि त बढायौँ, तर यो लक्ष्यविन्दुमा पुगेको छैन”, अध्यक्ष सिंहले भन्नुभयो, “बाँध बाधेको नुवाकोट गाउँदेखि रावतवाडा हुँदै साँपुल्ली गाउँको बालु कुनासम्मको छ किलोमिटर कुलो निर्माण गर्ने लक्ष्य पूरा भएको छैन, त्यसलाई पूरा नगरेसम्म कुलो पूर्णरुपमा सम्पन्न भएको मान्न सकिंदैन ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना