2026-10-30 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा नेपालकै अग्लो शिव–पार्वतीको मुर्ति बनाइने

राजु पौडेल | कात्तिक १८, कुश्मा | पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव पार्वतीको मुर्ति बनाइने गरी रकम संकलन गरिएको छ ।

एशियाकै लामो दावी गरिएको कुश्माको गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मुर्ति निर्माण गरिने भएको हो ।

मेला आयोजनाका लागि मूल समिति निर्माण गर्न शनिवार कुश्मामा भएको भेलाले सोही दिन शिव पार्वतीको मुर्तिका लागि २८ लाख रुपैंया समेत जुटाइसकेको छ । मुर्ति निर्माणका लागि १ सय ५१ जनासँग मात्र संस्थापक बनाउने आयोजकले जनाएको छ ।

२०७६ जेष्ठ १ देखि ११ गतेसम्म आयोजना गरिएने  धार्मिक मेला अन्य वर्षहरुमा प्रत्येक वर्षको वैशाख १ देखि ११ गतेसम्म आयोजना गरिने कार्यक्रममा प्रमुख अतिथि पण्डित इश्वरकृष्ण महाराजजीले बताउनुभयो । शनिवार पर्वत कुश्मामा भएको धार्मिक भेलालाई सम्बोधन गर्दै उहाँले पार्वतीजको जन्मभुमिको रुपमा परिचित कुश्मा र भगवान् शिव गुप्त हुनुभएको भनी विश्वास गरिएको गुप्तेश्वर क्षेत्रमा विश्वकै अग्लो शिवपार्वतीको मुर्ति बनाइने बताउनुभयो । सो मुर्ति निर्माणका लागि आज नै २८ जना स्थानीयहरुले  एक–एक लाख रुपैंया दान बोलिसक्नु भएको छ ।

साथै धार्मिक मेला तथा कोटीहोम महायज्ञबाट संकलित दान तथा अन्य सहयोग रकमबाट तत्काल २०० बढी आवासीय क्षमता भएको गुप्तेश्वर धर्मशाला र सिस महल बनाइने इश्वरकृष्ण महाराजले बताउनुभयो । 

पार्वतीको जन्ममूमि पर्वत भएको, गुप्तेश्वर गुफा, मोदीवेणी दिव्यधाम, सहस्रधारा, पार्वती नदी, कृष्णगण्डकी जस्ता पवित्र तीर्थ भइकनपनि हिन्दूहरुको गन्तव्य बन्न नसकिरहेको भन्दै स्थानीयहरुले हिन्दूहरुको धार्मिक केन्द्र बनाउन वृहत भेलाको आयोजना गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद जुनादेवी नेपाली, जिल्ला समन्वय समिति प्रमुख मनोहर वि. पौडेल, पूर्व सांसद कल्पना चापागाई, ऋषिकेश तिवारी, कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछाने लगायत स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले बोल्नुभएको थियो ।

भेलामा सहभागीहरुले मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालुहरुलाई लक्षित गरी आवासीय सेवा सहितको धर्मशाला निर्माण गर्ने र पर्वत जिल्ला वरपरका क्षेत्रहरुलाई समेटेर धार्मिक सर्टिक बनाउन पहल गरिने बताउनुभयो ।

भेला आयोजक समितिका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको सो भेलाको संचालन अच्युत तिवारीले गर्नुभएको थियो । कार्यक्रममा ४ सय बढीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ