पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक १९, स्याङ्जा | चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् ।

उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो ।

शनिवार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् ।

झगडामा घाईते गिरीको टाउकोमा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादु कार्कीले बताए ।

जिल्ला अस्पताल कालीकोटमा गिरीसँगै घाइते स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारीचालक सुनिक एसकेको उपचार भईरहेको छ ।

- आजको कान्तिपुरमा यो खबर छ ।