2026-09-14 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

कात्तिक १९, कञ्चनपुर | भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ । 

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले यसअघि प्रस्ताव गरिएको स्थानमा केन्द्र बनाउने गरी तयारी अघि बढाएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । 

केन्द्र निर्माणका लागि राजनीतिक दल, स्थानीय जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरिएका छन । राजनीतिक दल एकमत भएर स्थानीय समुदायमा जाने भएका छन् । 

नगर प्रमुख विष्टले राजनीतिक दलको सर्वदलीय संयन्त्रले गरेको निर्णयका आधारमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पहल गरिएकाले सबै दलको सहयोग पाउने आशा राखिएको बताउनुभयो । 

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत ३६ दशमवलव ५ किलोमिटर पक्की सडक, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र प्रदूषित पानी प्रशोधन गर्ने कार्यक्रम समावेश गरिएका छन । अहिले सडकको सर्भे कार्य भइरहेको छ भने केन्द्रका लागि छलफललाई निरन्तरता दिइएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्रसिंह रावलले आयोजनाबाट स्थानीय समुदायलाई पाउने लाभमा सहमत गराएर जानुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिवाकर पाण्डेयले फोहरमैला व्यवस्थापन समान्य विषय नभएकाले स्थानीयसँग छलफल गरी जानुपर्ने र त्यसका लागि काङ्ग्रेसले साथ दिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ