2026-10-28 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

श्रीमानको काँधमै श्रीमती सुत्केरी भएपछी…

प्रेम सुनार | कार्तिक–१९, बुटवल ।  गुल्मीको विकट गाउँ अर्खबाङ्गमा सुत्केरी ब्याथा लागेर सुत्केरी गराउन  स्वास्थ्य  चौकी तर्फ लैजाँदै गरेकी एक महिला बाटैमा त्यो पनि श्रीमान कै काँधमा सुत्केरी भएकी छन ।  मालिका गाउँपालिका वडा नम्वर ४ , साविक अर्खबाङ्गको काभ्रे निवासी २८ बर्षिया निरा घर्ति मगर त्यसरी सुत्केरी भएकी हुन ।

मोटर बाटो सुविधा नपुगेको काभ्रे गाउँबाट उनका श्रीमान  यमबहादुर घर्ति मगर सहित चार जनाले स्टेचरमा बोकेर माथी अर्खबाङ्ग ठुलाचौरको स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टरमा ल्याउँदै थियौं उनका श्रीमानले भने घरबाट हिडालेको १० मिनेट नहुँदै माथी ढाँडा आउँदै गर्दा माथी स्टेचर मै श्रीमति सुत्केरी भईन ।’

उनका अनुसार १४ बर्षको उमेरमा पहिलो सन्तान श्रीमति निराले छोरी जन्माएकी थिईन । उनि अहिले अहिले १६ बर्षकी भईन । दोश्रो सन्तान छोरा जन्मेका छन भने अहिले तेश्रो सन्तानका रुपमा स्टेचरमा छोरी जन्मेकी छन ।

बाटैमा उनको जन्म भए पनि सुत्केरीको अवस्थालाई  ध्यानमा राखी उनलाई स्टेचर मै राखेर स्वास्थ्य चौकीमा ल्याईएको थियो । नवजात शिशुलाई उनकी दिदीले काँखमा बोकेर उकालो लाग्दै थिईन ।

उनिहरु  आएको थाह पाउन साथ मालिका गाउँपालिका प्रमुखले तत्काल स्वास्थ्यकर्मीलाई सक्रिय बनाएर उनको स्वास्थ्य उपचार गराएका थिए ।  उनि स्टेचर मै सुत्केरी भएको थाह पाए पछि  अब छिट्टै त्यहाँ मोटरबाटो पुराउन एक कार्यक्रममा त्यहाँ  पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले गाउँपालिकालाई निर्देशन दिएका थिए ।

मालिका गाउँपालिका जिल्लाको सबै भन्दा विकट गाउँपालिका मानिन्छ । त्यहाँको दर्लिङ्ग दुनाम गाउँमा अझै मोटरबाटो पुग्न सकेको छैन । लिलिङ्ग गाउँ सहित त्यहाँका केहि गाउँका सेवाग्राहीहरु आठ घण्टा सम्मको बाटो हिडेर गाउँपालिका कार्यालय अर्खबाङ्ग ठुलाचौरमा सेवा लिन आउने गर्दछन ।  मन्त्री बिष्टले त्यहाँ देखि ठुलाचौर सम्मको मोटरबाटो खन्ने र स्तर बृद्धि गर्ने जिम्मेवारी केन्द्र सरकारले लिने बताउँदै थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ