2026-09-13 08:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सहुलियतको चामल बिक्री वितरण

कात्तिक १९, लमही | नेपाल खाद्य संस्थान राप्ती कार्यालय, दाङले एक महिनामा करीब ५० क्विन्टल मात्रै चामल बिक्री गरेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी कार्यालयले ५०० क्विन्टल सहुलियतको चामल बिक्री गर्ने योजना बनाएको थियो । 

खाद्य संस्थान दाङका प्रमुख माधव मिश्रका अनुसार कार्यालयबाट सोना मनसुली १३ क्विन्टल र जिरा मसिनो २५ क्विन्टल बिक्री भएको छ । चाडपर्वलाई लक्ष्य गरी संस्थानले असोज १७ गतेदेखि चामल बिक्री शुरु गरेको हो । ग्राहकलाई सस्तोमा उपलब्ध गराउने उद्देश्यले चामल बिक्री शुरु गरिएको हो । 

संस्थान र बजारको चामलको मूल्यमा खासै फरक नभएकाले नागरिकले स्थानीय बजारबाटै चामल खरीद गर्ने गरेको मिश्रको भनाइ छ । संस्थानले जिरा मसिना प्रतिबोरा (२५ किलो) रु एक हजार २९५ तथा सोना मनसुली प्रतिबोरा (३० किलो) रु एक हजार २५० मा बिक्री वितरण गर्ने गरेको छ । संस्थानले सो चामल कात्तिक २८ गतेसम्म बिक्री गर्ने जनाएको छ । यस वर्षदेखि कार्यालयले सहुलियत दरमा चामल बिक्री वितरण गर्न थालेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले