२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भलिबल प्रतियोगितामा नेपाल तरुण दल क्षेत्र नम्बर दुई प्रथम

२०७५, १९ कार्तिक सोमबार ११:२५

चिसाङ शेर्पा | कात्तिक १९, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित मिनाकर्ण माविको ६३ औं वार्षिक उत्सवको अवसरमा भएको खुल्ला पुरुष भलिवल प्रतियोगितामा नेपाल तरुणदल क्षेत्र नम्बर दुई प्रथम भएकोे छ ।

विद्धालयको वार्षिक उत्सवको अवसरमा शनिबारदेखी गरिएको १३ औं संस्करणको भलिवल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीलाई पराजित गर्दै नेपाल तरुण दल खोटाङ पहिलो भएको छ । पहिलो समुहले ५० हजार ५ रुपैयाँका साथमा मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । सोमबार समापन भएको प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी दोश्रो, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु तेश्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे सान्त्वना भएका छन् । 

प्रतियोगिताको दोश्रोले ३० हजार ५, तेश्रोले २० हजार ५ र सान्त्वना टिम समुहले पाँच हजार नगदका साथमा प्रमाणपत्र र मेडल पाएका छन् । भलिवल खेलमा १८ टिमको सहभागिता थियो । प्रतियोगिताको सम्पुर्ण पुरस्कारको व्यवस्था मिनाकर्ण ट्रष्ट काठमाण्डौका अध्यक्ष तथा पुर्व सशस्त्र प्रहरी महानिरिक्षक सनत कुमार वस्नेतले प्रायोजन गरेका थिए ।

भलिवल प्रतियोगितासँगै गरिएको एकल तथा सामूहिक नृत्य प्रतियोगितामा जनता मावि बतासेकी एनिसा शिवा प्रथम, सप्तेश्वर छितापोखरी याङसोलाटारकी रमा राई द्दितीय र छोरम्बुकी मिना तामाङ, रेणुका राई र मेलिना राईको समुह तृतिय भएको शिक्षक भुपेन्द्र राईले जनाए । नृत्य प्रतियोगितामा विजय कलाकारहरुले क्रमशः २ हजार ५ रुपैयाँ, १५ सय ५ रुपैयाँ र एक हजार ५ रुपैयाँ पाएका छन् । भलिवल र नृत्यका विजयीहरुलाई  दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले पुरस्कार वितरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह