2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा नयाँ पर्यटकीय गन्तव्य छनोट

कात्तिक २३, दमौली (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि तनहुँका दुई नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित भएका छन् । 

मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यका आधारमा तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद तथा शान्ति पार्क र भीमाद नगरपालिका–३ स्थित सिद्धगुफालाई नयाँ गन्तव्यका रुपमा छनोट गरेसँगै सरोकारवाला खुशी भएका हुन् । शान्ति पार्कलाई सरकारले नयाँ गन्तव्यमा छनोट गरेपछि आफूहरुलाई हौसला मिलेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले बताउनुभयो । यस ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनसमेत टेवा मिल्ने विश्वास लिइएको उहाँले बताउनुभयो । 

नयाँ गन्तव्यमा छनोट भएको शहीद तथा शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र सो पार्क क्षेत्रभित्र पर्छ ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचनाहरु निर्माण गरिएको छ । यहाँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । 

त्यस्तै भीमाद नगरपालिकास्थित सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष दधीराज सुवेदीले पनि सरकारले गुफालाई नयाँ गन्तव्यमा छनोट गरेपछि खुशी व्यक्त गर्नुभयो । नयाँ गन्तव्यमा छनोट भएसँगै गुफाको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्वको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो यो गुफा उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । चार तला रहेको गुफाको करीब ३० मिटरभित्र पसेपछि पहिलो तलामा २०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा झुकेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तलाको ढोका भने चुनको रसायनले बन्द भएको छ । 

जिदी खोलाको किनारको घनाजङ्गल क्षेत्रमा रहेको गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिने स्थानीयवासी बताउँछन् । तनहुँको व्यापारिक केन्द्र भीमाद बजारबाट आधा घण्टा मोटरयात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम