2026-09-13 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अपाङ्गताले रोकेन स्वरोगार बन्न

मानबहादुर चौधरी | कात्तिक २५, बर्दिया (रासस) | कुनै बेला घरपरिवार र समाजले बोझको रूपमा लिँदै हेला गरी अमानवीय व्यवहार खेप्दै आएका मधुवन नपा–२ ओराली बजारका अपाङ्गता भएका दम्पती स्वरोजगार गर्दै आत्मसम्मानका साथ जिउन सफल भएका छन् । ती अपाङ्गता भएका दम्पती हुन् ३५ वर्षीय लक्ष्मण थारू र ४० वर्षीया इन्द्राणी थारू । 

उनीहरुको समय बिहान उठेदेखि साँझ अबेरसम्म खाजा घरमै काम गर्दै बित्छ । तीन छोराका आमाबाबुसमेत बनिसकेका उनीहरुले आफ्ना सन्तानको पालनपोषण, शिक्षालयायत जिम्मेवारीले पनि अपाङ्गताको बाबजुद काममा व्यस्त हुन्छन् । पसलबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म कमाई हुने गरेको लक्ष्मण थारूले बताउनुभयो । 

प्राय अपाङ्गता भएका व्यक्तिहरु अरुकै सहरामा बाँच्ने र आफूमाथि हुने अमानवीय व्यवहार सहन नसकी निरस जीवन जिउन बाध्य भएको लक्ष्मणका दम्पतीले देखेका छन् । तर उनीहरु कर्मलाई जीवनको आधार मान्दै आफूले सक्ने कर्म दैनिक रूपमा आफ्नै खाजा घर पसलमा गर्दै आएका छन् । त्यसैले त कहिले पनि कसैको अगाडि हात फैलाउनु परेको छैन । स्थानीय समाजसेवी अगुवा राजबहादुर चौधरी भन्नुहुन्छ, “लक्ष्मणका दम्पती एउटा उदाहरण हुन् । अपाङ्गता भएर पनि आफूले गर्न सक्ने काम गरी आत्मनिर्भर बनेका छन् ।” 

खाजा घरमा बिहान सबेरैदेखि नै चिया नास्ता खाने मानिसको भीड लागेको हुन्छ । दिउँसो पनि ग्राहकको आउने जानेको कमी हुँदैन । लक्ष्मण थारूको बाँया खुट्टा सुकेर हिँड्न समस्या छ । उनी जन्मदा सामान्य मानिससरह सबै ठिकै थियो । तर पछि उमेर बढ्दै जाँदा अचानक बिरामी परेपछि उपचारपछि निको त भए तर बाँया खुट्टा सुक्दै गयो । धेरै उपचार गराए पनि पहिलेजस्तो भएन । बुबाआमाको रेखदेखमा हुर्कदै ५ कक्षासम्मको पढाइ सके । सधँै उनको लागि समय एकनासको रहेन । दाजुभाइ घरबाट अलग भएपछि भने समस्या हुन थाल्यो, पढाइ छुट्यो । सोही बेला बुबाले चिया नास्ता र मिठाइ पसल गर्दै आउनुभएको थियो । त्यतिबेलासम्म जीवनका बारेमा केही सोचेका पनि थिएनन् उनले । 

तर बृद्ध बुवाले छोरा पसलमा चिया, नास्ता, मिठाइ बनाउन सिक जीवन जीउन सहयोग पुग्छ भनेपछि सिक्न थालेका उनलाई सोही सीपले अहिले गरी खान सहयोग पुगेको छ । त्यसैमा सहयोगी पाएका छन् श्रीमती इन्द्राणी थारूलाई । इन्द्राणी पनि शारीरिक अपाङ्ग छिन् । उनी पनि सानो छँदा सबै ठीकै थियो । करीब १२ वर्ष पुगेपछि बिरामी परिन् । धेरै उपचार गरेपनि ठिक भएन । उल्टो मेरुदण्डमा समस्या आई ढाड कुप्रो पर्दै गयो र उनी अपाङ्ग हुनुपर्यो । उनीलाई पनि परिवारले बोझको रूपमा व्यवहार गर्न थाल्यो । 

लक्ष्मण र इन्द्राणीले अपाङ्ग भएपछि परिवार र समाजले गर्ने नकारात्मक व्यवहारको तीतो अनुभव भोग्नुभएको छ । यही भोगाइको बीचमा उहाँहरुले अर्काको पीडासँग सहयात्री बन्न १७ वर्ष अगाडि विवाह गर्नुभयो र शुरु भयो लक्ष्मणकै बुबाले चलाउँदै आएको नास्ता पसलमा सङ्घर्षपूर्ण दैनिकी । 

ओराली बजारमा २० वर्षदेखि लवकुश खाजा घर घरेलु तथा साना उद्योग र आन्तरिक र राजश्व कार्यालयमा दर्ता गरेर चलाउँदै आएका छन् । इन्द्राणी भन्नुहुन्छ, “सम्पत्ति जोड्न त सकिएको छैन, पाँच जनाको परिवारलाई खानलाउन पुगेको छ । तीनवटै छोरालाई स्कूल पढाउन सकेका छौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले