कात्तिक २६, गुलरिया । बर्दियामा एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् ।

बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कृत भएकी हुन् ।

उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए ।

बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको एसपी मैनालीले बताए । बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उनको अवस्था खतरामुक्त रहेको बर्दिया प्रहरीले जनाएको छ ।

November 12, 2018
बर्दिया - BRD, समाज
बर्दियामा बाख्रा चराउन जंगल गएकी बालिका भारतीयबाट बलात्कृत
By kit
2 मिनेट पढाइ