२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिक्त राजदूतमा पदपूर्ति हुँदै, को-को परे सिफारिसमा ?

२०७५, २६ कार्तिक सोमबार १०:११

कातिक २६, काठमाडौं । नेपाल सरकारले रिक्त राजदूतमा चाँडै पदपूर्ति गर्ने भएको छ । 

मन्त्रिपरिषद्को आइतबारको बैठकले छिमेकी भारतलगायत तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ भने अन्य रिक्त राजदूतको पनि चाँडै सिफारिस गरिने परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जनाएका छन् । सिफारिस भएका नामबारे संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गर्नेछ । 

मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपाली राजदूतमा कानुनविद् तथा बुद्धिजीवी नीलाम्बर आचार्य, मलेसियाका लागि पूर्वराजदूत उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिश गर्ने निर्णय गरेको थाहा भएको छ ।

तीन राजदूत नियुक्तिसँगै अब संयुक्त राष्ट्र संघको स्थायी नियोगका आवासीय प्रनितिधि (राजदूत) को सिफारिस हुन बाँकी छ भने केही समयपछि छ मुलुकका राजदूत पद रिक्त हुनेछन् । बाँकी राजदूत नियुक्तिका योग्यता पुगेकाहरुको बारेमा अहिले बाहिरी रुपमा चर्चा चलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ