२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा मेयरको जिम्मेवारी वडाअध्यक्षलाई

२०७५, २६ कार्तिक सोमबार १०:५२

कात्तिक २६, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गरेका छन् । 

हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उनीहरुले भाग लिनेछन् । चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल फ्रेण्डसिप एशोसिएसन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपल्स गभर्मेन्टले उक्त सम्मेलन आयोजना गरेका हुन् । ‘विकासका अवसर र साझा जीतका लागि सहयोग बाँडफाँट’ विषयमा केन्द्रित सम्मेलनमा भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । 

आधुनिक र वातावरणमैत्री शहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो । ल्हासा नगरले काठमाडौँ महानगरलाई निमन्त्रणा गरेको र ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिप सिटी अफ टिबेट अटोनोमस अवार्ड’ का लागि मनोनयनसमेत गरेको छ सम्मेलनमा सहभागी भएर प्रमुखसहितको टोली शनिबार स्वदेश फर्कनेछ । सो अवधिमा महानगरको नियमित काम हेर्न वडा नं १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ