२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा केदारनाथ मेला शुरु

२७ कार्तिक २०७५, मंगलवार ०७:०१

कात्तिक २७, अछाम | लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको जात्रा’ नामले पनि पुकारिने गरिन्छ । 

जिल्लाको कमलबजार नगरपालिका–७ जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको यस क्षेत्रका जानकार बताउँछन् । लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताको धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने छडाल देवताका धामी झङ्करे ढोलीले बताउनुभयो । 

यस वर्ष तिथिको घटबढका कारण मङसिर ५ गते खला नाच्ने र ६ गते केदारमाडाँैमा होम गरिने पुजारी मनिराम खतिवडाले जानकारी दिनुभयो । डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी डोटी, सुर्खेत, दैलेख र कैलाली जिल्लासमेतबाट दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । 

अछाममा १० दिनसम्म लाग्ने एकमात्र ऐतिहासिक महत्वको केदारनाथ मेलाको यस क्षेत्रमा महत्व थप बढ्दै गएको स्थानीयवासी बताउँछन् । केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मिक एवं ऐतिहासिक विश्वास रहिआएको केदारनाथका मूलधामी इन्द्रे कामीले बताउनुभयो । 

धार्मिक तथा सांस्कृतिक महत्वका यस्ता चाडपर्वको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्न सके यस क्षेत्रको विकासले गति लिनसक्ने भन्दै यसतर्फ स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने स्थानीय भीम खतिवडाको भनाइ छ । 

देउसी भैलोको रकम विद्यालयलाई 

अछामको चौरपाटी गाउँपालिका–२ सोकटमा विद्यालयको स्तरोन्नतिका लागि खेलिएको देउसी भैलो कार्यक्रमबाट रु पाँच लाख छ हजार सङ्कलन भएको छ । आठ सय २० जना विद्यार्थी अध्ययनरत दशपल्ले माविको कक्षा १२ सम्म सञ्चालन गर्न तथा विद्यालयको अवस्था सुधार गर्ने उद्देश्यसहित सोकटका स्थानीय सरोकारवाला, शिक्षक, विद्यार्थी अभिभावक मिलेर सामूहिक रुपमा देउसी भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् । 

चौरपाटी गाउँपालिकाका सबै वडाका टोल टोल, स्थानीय बजार र जिल्लाको मुख्य व्यापारी केन्द्र साँफेबगरमा वडाबाट चार टोली विभाजन गरी देउसी भैलो खेलिएको थियो । सङ्कलित रकमले विद्यालयको भौतिक अवस्था सुधारका लागि पहल गरिने स्थानीय झंकर साउदले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य