२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको चियापान: सरकारको चर्को आलोचना, सक्कली कम्युनिष्टहरुबीच एकतामा जोड

२०७५, २७ कार्तिक मंगलवार १५:१८

कात्तिक २७, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले मंगलबार राजधानीमा बडादशैं, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापानको आयोजना कार्यक्रम गरेको छ । जसमा सबै पार्टीका नेताहरुलाई निमन्त्रणा गरिएको थियो । निमन्त्रणाको सूचीमा प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रचण्ड पनि थिए तर कार्यक्रममा उपस्थित भएनन् । 


कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न दलका नेताहरु वर्तमान सरकाको चर्को आलोचना गरे । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विचार, भावना र इतिहासको निरन्तरताको लागि माओवादी केन्द्रको पुनःगठन गर्नु परेको बताए । उनले प्रचण्डले पार्टी छाडेर गएको भएपनि माओवादी आन्दोलन जारी रहेको बताए । उनले छिटोभन्दा छिटो आफूहरुले एकता गर्न चाहेको र विप्लव/बैद्यलाई आफूले आफूभन्दा ठूलो नेता मानेको बताए ।


त्यस्तै कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य पदम राईले वैद्यको नेतृत्वमा एक जुट हुनुपर्ने बेला भएको भन्दै सच्चा क्रान्तिकारी कम्युनिस्टहरु एक भए मात्र देशले काचुली फेर्ने बताए । उनले अहिले कम्युनिस्टलाई बदनाम गर्ने काम भएको भन्दै यसलाई चिर्न सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकता आवश्यक रहेको समेत बताए । उनले वर्तमान दुई तिहाइको सरकारलाई नाममात्रको सरकारको संज्ञा दिंदै जनतालाई विकास र समृद्धिको सपना देखाएर ढाड सेक्ने काम भएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरे । उनले सक्कली कम्युनिष्टलाई एकै ठाउँमा ल्याउनको लागि जुट्नु आवश्यक भन्दै पार्टी एकताको लागि विप्लव र गोपाल किरातीसहित सच्चा कम्युनिस्टहरुसंग घनिभुत छलफल चलाइरहेको खुलाशा गरे ।


कार्यक्रममा क्रान्तीकारी माओवादीका महासचिव मोहन बैद्य, नेकपा मालेका महासचिव सिपी मैनाली, संघीय समाजबादी फोरम नेपालका सांसद राजेन्द्र प्रसाद श्रेष्ठ, कलाकार नवल खड्का, नेविसंघका सभापति नयनसिंह महरा लगायतले शुभकामनाका साथै मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ