९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको चियापान: सरकारको चर्को आलोचना, सक्कली कम्युनिष्टहरुबीच एकतामा जोड

२७ कार्तिक २०७५, मंगलवार १५:१८

कात्तिक २७, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले मंगलबार राजधानीमा बडादशैं, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापानको आयोजना कार्यक्रम गरेको छ । जसमा सबै पार्टीका नेताहरुलाई निमन्त्रणा गरिएको थियो । निमन्त्रणाको सूचीमा प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रचण्ड पनि थिए तर कार्यक्रममा उपस्थित भएनन् । 


कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न दलका नेताहरु वर्तमान सरकाको चर्को आलोचना गरे । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विचार, भावना र इतिहासको निरन्तरताको लागि माओवादी केन्द्रको पुनःगठन गर्नु परेको बताए । उनले प्रचण्डले पार्टी छाडेर गएको भएपनि माओवादी आन्दोलन जारी रहेको बताए । उनले छिटोभन्दा छिटो आफूहरुले एकता गर्न चाहेको र विप्लव/बैद्यलाई आफूले आफूभन्दा ठूलो नेता मानेको बताए ।


त्यस्तै कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य पदम राईले वैद्यको नेतृत्वमा एक जुट हुनुपर्ने बेला भएको भन्दै सच्चा क्रान्तिकारी कम्युनिस्टहरु एक भए मात्र देशले काचुली फेर्ने बताए । उनले अहिले कम्युनिस्टलाई बदनाम गर्ने काम भएको भन्दै यसलाई चिर्न सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकता आवश्यक रहेको समेत बताए । उनले वर्तमान दुई तिहाइको सरकारलाई नाममात्रको सरकारको संज्ञा दिंदै जनतालाई विकास र समृद्धिको सपना देखाएर ढाड सेक्ने काम भएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरे । उनले सक्कली कम्युनिष्टलाई एकै ठाउँमा ल्याउनको लागि जुट्नु आवश्यक भन्दै पार्टी एकताको लागि विप्लव र गोपाल किरातीसहित सच्चा कम्युनिस्टहरुसंग घनिभुत छलफल चलाइरहेको खुलाशा गरे ।


कार्यक्रममा क्रान्तीकारी माओवादीका महासचिव मोहन बैद्य, नेकपा मालेका महासचिव सिपी मैनाली, संघीय समाजबादी फोरम नेपालका सांसद राजेन्द्र प्रसाद श्रेष्ठ, कलाकार नवल खड्का, नेविसंघका सभापति नयनसिंह महरा लगायतले शुभकामनाका साथै मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा