२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खुट्टा गुमाएकी रमिलाको उपचारमा आर्थिक समस्या

२८ कार्तिक २०७५, बुधबार ०५:२०

कात्तिक २८, सिञ्जा | हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ । 

असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन् । घाइते बुमीको दायाँ खुट्टा काट्नु परेको थियो । समयमै उपचार नपाउँदा छोरीको खुट्टा काट्नु परेको बुबा जनकले बताउनुभयो । “उपचार गर्न लाखौँ रुपैयाँ ऋण लागेको छ, ऋण तिर्न समस्या छ,” छोरीको उपचार गराउन जुम्ला आउनुभएका जनकले पीडा सुनाउनुभयो । 


रमिलाको हाल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । छोरीको उपचारका लागि विभिन्न व्यक्तिलगायतलाई गुहारे पनि सहयोग जुट्न नसकेको बुबा जनकले बताउनुभयो । उपचारका लागि सुर्खेत झरे पनि त्यहाँ निको हुन नसकेपछि रमिलालाई भारतको लखनऊ लगिएको थियो । लखनऊमा उनको उपचारमा रु पाँच लाख ८० हजार खर्च भयो । “रकम अभाव भएपछि २१ दिनपछि घाउ पूर्णरुपमा निको हुन नपाउँदै घर फर्के,” बुबा जनकले भन्नुभयो । 

असोज अन्तिमदेखि रमिलाको जुम्लामा उपचार भइरहेको छ । छिमेकीबाट ऋण काढेर जुम्ला पुर्याइएकी रमिलाको उपचारमा हालसम्म रु दुई लाखभन्दा बढी खर्च भइसकेको छ । “बस्न, खान र औषधि किन्न समस्या भएको छ,” उहाँले भन्नुभयो । पढाइमा तीक्ष्ण रमिलाले खुट्टा गुमाएपछि पढाईमा बाधा पुगेको छ । चार कक्षामा पहिलो भएकी रमिला गाउँकै जनप्रिय आधारभूत विद्ययालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । पढ्ने चाहना भएपनि खुट्टा गुमाएका कारण उनलाई गाउँको विद्यालयमा पढाउन नसकिने उनका बुबा जनकको पीडा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो